७ आश्विन २०८२ मंगलबार
image/svg+xml ८:३३ पूर्वाह्न

डिककको पुनरागमन हुँदा बाहिरिए बभुमा

आगामी महिना पाकिस्तानसँग हुने टेस्ट शृंखला अगाडि दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमा टोलीबाट बाहिरिएका छन्।

सिरहामा अपहरणपछि १७ वर्षीय किशोरको हत्या

सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान (मंगलबार) शव फेला परेको छ।

टाइलेनोल औषधि नखान गर्भवतीहरूलाई ट्रम्प सल्लाह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका डाक्टरहरूलाई चाँडै गर्भवती महिलाहरूलाई टाइलेनोल नामक दुखाइ निवारक औषधि नलेख्न भनिने बताएका छन्।

साइबर अपराधबाट ज्येष्ठ नागरिकलाई जोगाउन जुटेकी तेजस्वी

तेजस्वीले आर्थिक जोहो गरेर यसलाई ठुलो व्यावसायिक एआई प्लेटफर्ममा लैजाने योजना बनाएकी छन् ।

ओली क्याबिनेटको अन्तिम बैठकमा के भएको थियो?

मन्त्री पन्तका अनुसार भदौ २३ गतेको प्रदर्शन र त्यसमा भएको मानवीय क्षतिपछि बसेको आकस्मिक क्याबिनेट बैठकमा गृहमन्त्रीले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका थिए।

धवलागिरि हिमाल चढ्न २४ जनाले लिए अनुमति

अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ। विभागले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल चढ्न तीन सय ७४ जनाले अनुमति लिएका छन्।

निजामती सेवामा जेन-जी कर्मचारी समूह

विभिन्न दलसँग निकट कर्मचारी संघ–संगठनसँग आबद्ध पदाधिकारीहरूको व्यवहार र उनीहरूको रवैयादेखि दिक्क भएका ती कर्मचारीहरू मंगलबार सिंहदरबार अगाडि सडक विभागको कार्यालय परिसरमा भेला हुने भएका छन्।

हर्कलाई कुलमान र महाविरको चिन्ता

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले नवनियुक्त मन्त्री कुलमान घिसिङ र महाबीर पुनलाई समेत असफल बनाउने खतरा बढेको बताएका छन्।

दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए, सात हजार ५७२ फरार

जेनजी प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ।

सुशासनका खातिर खबरदारी गर्नेहरू नै जिम्मेवारीमा

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएकी कार्की जेन-जी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। तर उनको क्याबिनेटमा जेन-जी आन्दोलनमा सहभागी भएकाबाट भने कोही पनि मन्त्री भएका छैनन्।

पशुपतिमा नवरात्री महोत्सव

श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्