६ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णाली प्रदेशः ‘६ ब’ केन्द्रित नीति–कार्यक्रम

कर्णाली प्रदेश सरकारले ‘६ ब’ बाटो, विजुली, बजार, वन, व्यवस्थापन र विचारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। ठूलो भूगोल र कम जनसंख्या भएको कर्णालीका नागरिकहरुको सहज यातायातको पहुँचका लागि सडकलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि उल्लेख्य उपलब्धी प्राप्त भएको बताउँदै अब देशलाई समाजवाद उन्मुख अर्थतन्त्रतर्फ अघाडि बढाउनुपर्ने बताएका छन्।

कर्णालीका तीन मतदान केन्द्रमा मतदान हुँदै

विवादका कारण बैशाख ३० गते निर्वाचन सम्पन्न हुन नसकेका कर्णालीका तीन वटा केन्द्रमा मतदान भइरहेको छ। कालिकोटको रास्कोट नगरपालिका र पचालझरना तथा जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पदक जित्नेलाई नगद पुरस्कार

कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन्।

बजेट निर्माणमा नागरिकसँग सुझाव

कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो वेबसाइटमा बजेट तर्जुमा कार्य प्रारम्भ भएको सूचना गर्दै त्यसलाई सहभागितामूलक बनाउन राय सुझावका लागि सरोकारवाला तथा विज्ञहरूलाई अनुरोध गरेको हो।

कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा थप

सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो। ऐतिहासिक दिनका रूपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ।

अधिकार बाँडफाँटमा अन्योल

संघ र प्रदेशबीचको सम्बन्ध सुमधुर बनाउन अन्तर प्रदेश परिषद्को बैठक नियमित बसी अधिकार बाँडफाँटलगायत काम हुन नसकेको उनी बताउँछन्। म प्रदेश सरकारमा हुँदा यसबारे आवाज उठाउँथें र बैठक बस्थे, अहिलेको सरकारले त्यसो गर्न छाडेको छ,’ उनले भने। संघीयताको व्यवस्थित कार्यान्वयनका लागि परिषद्को बैठक नियमित बस्न आवश्यक रहेको गुरुङ बताउँछन्।

भूगोलसँगै जनसंख्यालाई आधार मानेर बजेट छुट्याइनुपर्छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनसंख्याको आधारमा बजेट विनियोजन हुँदासम्म कर्णालीको विकास र समृद्धि संभव नभएको बताएका छन्।

कर्णाली मन्त्रिपरिषद् बैठकः जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय

कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ।

हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प

हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन्।

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।

प्लाष्टिकमुक्त कर्णालीका लागि कानुन बनाइँदै

मुख्यमन्त्री जीवनबहादुर शाहीले प्लाष्टिकका कारण वातावरण प्रदूषण हुनुका साथै अर्गानिक कर्णाली प्रदेश बनाउने अभियानमा बाधा पुगेकाले प्लाष्टिक नियन्त्रणका लागि कानुन बनाउन लागिएको बताए।

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लामै राख्न माग

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थानमा राख्न माग गरिएको छ।

सांस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो: मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्