पर्यटक आगमन कमजोर
मार्च–अप्रिललाई पर्यटन व्यवसायीले मुख्य सिजन ठान्छन्। त्यही अनुसार नेपाल आउने विदेशी पर्यटकको बुकिङ पनि बढ्दै जान्छ। अघिल्ला वर्ष यतिबेला पोखराका होटलको अकुपेन्सी बढेर करिब ८० प्रतिशत हाराहारी थियो।
मार्च–अप्रिललाई पर्यटन व्यवसायीले मुख्य सिजन ठान्छन्। त्यही अनुसार नेपाल आउने विदेशी पर्यटकको बुकिङ पनि बढ्दै जान्छ। अघिल्ला वर्ष यतिबेला पोखराका होटलको अकुपेन्सी बढेर करिब ८० प्रतिशत हाराहारी थियो।
पोखरा विश्वविद्यालयले तोकेको मापदण्डविपरीत भर्ना भएका ३ सय ९१ विद्यार्थी व्यवस्थापनतर्फ स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा दिन नपाएपछि आन्दोलनमा उत्रिएका छन्। व्यवस्थापनतर्फ स्नातक तहमा भर्ना हुन कक्षा ११ र १२ को परीक्षामा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्ने विश्वविद्यालयको प्रावधान छ। तर यो प्रावधानविपरीत ४२ वटा कलेजले सीभन्दा तलको ग्रेड ल्याएकालाई समेत भर्ना लिएका थिए। ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकाले समस्या आएको हो।
पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजले परीक्षा दिनबाट वञ्चित गराएर विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
माघ अन्तिम साता परेको झरीले वर्षौपछि पोखरा नजिकैका गाउँ हिउँले सेताम्मे थिए। माछापुच्छ्रे पनि वर्षौपछि पूर्ण रूपमा ढाकिएको थियो। धेरै दिनदेखि धुलाम्मे पोखरा झरीपछि भर्खरै स्नान गरेकी कुमारीजस्तै देखिन्थी।
कलेजको लापरबाहीका कारण तीन सय ९१ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन्। पोखरा विश्वविद्यालयले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र व्यवस्थापन संकायको स्नातकमा भर्ना लिनू भनी दिएको निर्देशनविपरीत सम्बन्धन प्राप्त कलेजहरूले आफूखुसी भर्ना लिएपछि ती विद्यार्थीको भविष्य अन्योलमा परेको छ।
दुलेगौँडा बजारमा सडक पार गर्ने बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
पोखराको आकासमा भइरहेको प्याराग्लाइडिङ उडानको व्यवस्थापन जिम्मेवारी हवाई खेलकुद संस्था (एनएए)ले पाएको छ। हवाई खेलकुद संस्थालाई प्राधिकारिक निकायको रुपमा बुधबारदेखि औपचारिक रुपमा प्याराग्लाइडिङ नियमनको जिम्मेवारी दिइएको हो। अब संस्थाले नै यहाँको आकासमा हुने प्याराग्लाइडिङ उडानलाई व्यवस्थापन र नियमन गर्नेछ।
कार्यालयमा रहेको २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामग्री चोरी भएका छन्। यसअघि पनि पोखराका वडा नम्बर ५, १३, १४ र १५ कार्यालयमा चोरी भइसकेका छन्।
सरकारले सय वटा गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई तीन तिरबाट सडकले छोएको छ।
पोखरामा होली अवसरमा नियम उल्लंघन गर्ने ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ। रंगहरुको पर्व होलीमा झैझगडा गर्ने, मापसे गरेर होहल्ला गर्ने, उच्छृङ्ल व्यवहार गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडिएको कास्की प्रहरीले जनाएको हो। विहानदेखि दिउँसोसम्म नियन्त्रणमा लिइएका उनीहरुलाई साँझ परिवारको जिम्मा लगाएर पठाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।
रामपुरमा कृत्रिम रुपमा बनाइएको तालपोखराले ‘मिनी फेवाताल’ को संज्ञा पाएको छ। पूर्वी पाल्पाको रामपुर नगरपालिका भित्रने जो कोही पनि तालपोखरा अवलोकन गर्न पुग्छन्।
उच्च अदालत पोखराले गण्डकी मेडिकल कलेज (जिएमसी)का सञ्चालक खुमाप्रसाद अर्यालले दिएको रिट निवेदन उपर अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपालले सन् २०१८ मा हालसम्मकै उच्च पर्यटक आगमन रेकर्ड राख्यो । ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिए । पर्यटन क्षेत्रका लागि यो सुखद अवस्था रह्यो । कुल पर्यटक आगमनमा लगभग ५० प्रतिशतकै हाराहारीमा ५ लाख ७९ हजार ५२१ पर्यटक प्रमुख पाँच स्रोतबजारबाट मात्र आएको देखिन्छ ।
पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गरे पनि व्यवसाय र नवीकरण कर नतिरेका कम्पनीलाई पोखरा महानगरपालिकाले थप एक साताको समय दिएको छ । एक साताभित्र बक्यौता रकम तिर्ने सहमति भएपछि बुधबारदेखि रोक्ने भनिएको उडान नियमित सञ्चालन भएका छन् । साताभित्र बक्यौता रकम नतिर्ने कम्पनीलाई उडान गर्न नदिने महानगरले बताएको छ ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनमा आवद्ध विभिन्न जिल्लामा सञ्चालित पेट्रोल पम्पमा अबदेखि पेट्रोलको भुक्तानी ‘आइएमई पे’बाट गर्न सकिने भएको छ।