३१ भाद्र २०८३ बुधबार
image/svg+xml

नेपालमा ५२ प्रतिशत जनसंख्या बिमाको दायरामा

नेपालमा ५२ प्रतिशत जनसंख्या बिमाको दायरामा आएको राष्ट्रिय बिमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले जनाएको छ।

शवगृह अभाव झेलिरहेको पोखरालाई संघ गण्डकीको पोर्टेबल मर्चरी उपहार

शव व्यवस्थापनमा समस्या हुँदै आएपछि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिले २८ वटा शव राख्न मिल्ने पोर्टेबल मर्चरी हाउस उपलब्ध गराएको छ।

घरपझोङ घोषणापत्र : हिमाली क्षेत्रमा जलवायु संकटको अध्ययन र निगरानी गर

सम्मेलनले जलवायु संकटलाई विकास संकटका रूपमा स्वीकार गर्दै जलवायु न्यायलाई मूल मुद्दा बनाउनुपर्ने र हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

‘संविधान कार्यान्वयनमा दल र नेताहरू असफल भए’ (भिडियो अन्तर्वार्तासहित)

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको ११ वर्ष बित्दासमेत त्यसको सही कार्यान्वयन गर्न राजनीतिक दल र नेतृत्व पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्।

ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु, एक घाइते

कपिलवस्तुको तौलिहवा–चार नम्बर सडकखण्डअन्तर्गत वाणगंगा नगरपालिका–४ गजेहडा चोकनजिक ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मदन भण्डारी लोकमार्गमा एकैदिन दुई दुर्घटना, १७ जना घाइते

उदयपुरमा बुधबार एकै समयमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

संघीयता खारेज गर्ने सोच देशका लागि आत्मघाती हुन्छ: प्रथम राष्ट्रपति

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संघीयता खारेज गर्ने सोच देशका लागि आत्मघाती हुने बताएका छन्।

नेपालमा तालिम, जापानमा रोजगारीको अवसर

जापानले सन् २०२४ मा मन्त्रिपरिषद्को निर्णयमार्फत ट्रक, बस र ट्याक्सी चालकसहितको यातायात क्षेत्रलाई विदेशी श्रमिकका लागि खुला गरेको थियो।

खुसी भएर संविधान जारी गरेको थिइनँ, संवैधानिक बाध्यताले हस्ताक्षर गरेँ: प्रथम राष्ट्रपति

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ सालमा नयाँ संविधान जारी गर्दा एकातिर सात दशक लामो लोकतान्त्रिक आन्दोलन पूरा भएकोमा गर्व लागे पनि अर्कातिर मधेशमा भइरहेको हिंसा र आन्दोलनका कारण आफ्नो मुटुमा गहिरो पीडा रहेको स्मरण गरेका छन्।

सरकार भन्छ: एक हजारभन्दा बढी केन्द्रमा चिनी ११० रुपैयाँमै पाइन्छ, कहाँ छ अभाव ?

बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कुरिनटार खण्डमा सडक अवरुद्ध हुनु तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको विषयलाई जोड्दै चाडपर्वका बेला चिनी अभाव हुन सक्ने समाचार तथा सूचना सार्वजनिक भएका थिए।

लमजुङ-मनाङ सडकमा खसेको विशाल चट्टान हटाउन सकिएन, विस्फोट नै गराउनुपर्ने

हिमाली जिल्ला मनाङको ‘लाइफलाइन’ मानिएको बेँसीसहर-चामे सडकखण्डमा ठूलो चट्टानसहितको पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

ट्याङ्करबाट डिजेल चोरी घटना: दुई चालकविरुद्ध चोरी मुद्दा दर्ता

लुम्बिनी रोडस्थित सर्राफ आयल पम्पमा ट्याङ्करबाट डिजेल निकालिएको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा मारेको थियो। छापा मार्दा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर फेला परेका थिए।

सहकारी ऋणको ब्याजदर घट्यो: अधिकतम १३ प्रतिशत मात्र लिन पाइने, अतिरिक्त शुल्क लिन रोक

सरकारले सहकारी संस्थाहरूको ऋणको सन्दर्भ ब्याजदर घटाएर अधिकतम १३ प्रतिशतमा झारेको छ।

फेसबुकका सिईओ जुकरबर्ग भन्छन्: एआई सुरक्षित बनाउन प्रयोगशाला बलियो बनाउनु पर्छ

जुकरबर्गले एआई एजेन्ट र मोडलका लागि विश्वास र ‘अलाइनमेन्ट’ अर्थात् मानव उद्देश्य तथा सुरक्षासँग एआईको व्यवहारलाई मिलाउने क्षमता भविष्यमा महत्वपूर्ण प्रतिस्पर्धात्मक आधार बन्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्