९ आश्विन २०८१ बुधबार
image/svg+xml

दुई पुलिसबीच फाइनल प्रतिस्पर्धा

छैटौं महिला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । उपाधिका लागि नेपाल पुलिसको ‘ए’ टोलीले सशस्त्र प्रहरी बलको क्लब एपिएफ ‘ए’ सँग खेल्नेछ । शनिबार साँझ रोकिएको दोस्रो सेमिफाइनल आइतबार दिउँसो खेलाउँदा एपिएफ ‘ए’ ले नेपाल पुलिस क्लब ‘बी’ लाई सोझो सेटमा पराजित गर्दै आफूलाई उपाधि प्रतिस्पर्धामा उभ्याएको हो ।

गण्डकी प्रदेशको हार र जित

घरेलु टोली गण्डकी प्रदेशले पोखरामा बिहीबारदेखि सुरु भएको छैटौं महिला तथा सातौं पुरुष बिच भलिबल प्रतियोगितामा हार र जित दुवैको सामना गरेको छ। पोखराको बाराही खेल मैदानमा निर्मित बिच कोर्टमा आयोजित घरेलु कोर्टमा गण्डकीले पुरुषतर्पm जित निकाल्दा महिलामा भने हार बेहोरेको हो। उद्घाटन खेलमा महिलातर्फ सशस्त्र प्रहरी बलको ‘ए’ टोलीले प्रदेश–५ लाई सोझो सेटमा पराजित गरेको छ। एपिएफको ‘ए’ टोलीले २१–१३ र २१–४ को सोझो सेटमा प्रदेश–५ लाई पराजित गर्दै सुखद सुरुआत ग¥यो। महिलातर्पm पुलिस ‘ए’ ले अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको ‘बी’ टोलीलाई २१–६ र २१–१२ को सेटमा स्तब्ध बनायो।

नेदरल्याण्ड्सका हान अबिङ नेपालमा

नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुगेका छन्।

भलिबल एकेडेमीको उपभोक्ता समितिमा आफन्तको रजाई

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले आफ्नो दाई धनिरामलाई शुक्र भलिबल एकेडेमी निर्माण उपभोक्ता समिति बनाएर काम गरेका छन्। त्यस्तै ओलीले आफ्ना भाई मुम बहादुर ओलीलाई आफ्नो गाउँको विद्यालयमा रकम खर्च गर्दा उपभोक्ता समिति अध्यक्ष बनाएको तथ्य खुलेको छ।

फेवा किनारमा बिच भलिबल हुने

असारको पहिलो साता पोखरामा बिच भलिबल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघको तत्वावधानमा आगामी असार ५ देखि ७ गतेसम्म छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता हुने सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

न्यु डायमन्डलाई उपाधि

न्यु डायमन्ड एकेडेमीले शनिबार दोस्रो चन्द्रागिरि उपमेयर कप विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

राष्ट्रिय बिच भलिबल पोखरा हुने

जेठको अन्तिममा साता पोखरामा नेपाल भलिबल संघको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बिच भलिबल हुने भएको छ।नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलनमार्पmत आफ्नो आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा जेठ २३ देखि २५ गतेसम्म सञ्चालन गर्ने जनाएको हो।

पुलिसलाई पाथीभरा भलिबल उपाधि

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै साबिक विजेता नेपाल प्रहरीको टोलीले तेस्रो राष्ट्रिय पाथीभरा भलिबलको उपाधि जितेको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुपार्टीमा बिहीबार सम्पन फाइनलमा प्रहरीले आर्मीको टोलीमाथि सानदार जित दर्ता गर्दै तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिसहित नगद ३ लाख ५० हजार ५ सय रुपैयाँ पाएको छ।

पुलिस र आर्मीबीच उपाधि भिडन्त

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु पार्टीमा जारी तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि बिहीबार पुलिस र आर्मी भिड्ने भएका छन्।

विभागीय टोलीको सुखद सुरुआत

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु पार्टीमा सुरु तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोलीले सुखद सुरुआत गर्दा गण्डकी प्रदेशले पनि विभागीय टोलीकै लय समाएको छ।

भलिबल प्रतियोगिता आयोजना गरिने

सदरमुकामको ठूलो टुँडिखेलमा डेढ लाख रुपैयाँ पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ।

‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई

आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ।

आर्मीको सपना अधुरै

पहिलो पटक कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको त्रिभुवन आर्मीलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरी बलको एपिएफले मंगलबार पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

दुवै प्रहरी समूहविजेता

विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्।

न्यु डायमन्डमाथि पुलिस विजयी

उषा भण्डारीले यादगार प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले होङ्गाजी न्यु डायमन्डलाई हराउँदै पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्