३ मंसिर २०८१ सोमबार
image/svg+xml

रुपन्देहीलाई पोखराको निम्तो

रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना गर्न लागेको सडक महोत्सवमा सहभागी भई आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आग्रह गरेको छ । रेवानले विगत १८ वर्षदेखि आयोजना गर्दै आएको सडक महोत्सव यस वर्ष पुस १३ देखि १७ गतेसम्म पोखराको शहिद चोकमा हुँदैछ ।

सेभेन–ए साइड फुटबल पोखरामा हुने

नेपाल सेभेन ए– साइड फुटबल महासंघको आयोजनामा पुस २६ देखि पोखरामा बाह्रौं दक्षिण एसियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पुस २६ देखि माघ ४ सम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशालामा हुनेछन् ।

इपिएलमा बिराटनगर–पोखरा र भैरहवा–काठमाडौं भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे बिराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ । बिराटनगर वारियर्सको कप्तानमा पारस खड्का र पोखरा राइनोजको कप्तानमा शक्ति गौचन छन् ।

पोखरा र विराटनगर विजयी (फोटो फिचर)

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट अन्तर्गत मंगलबार सम्पन्न खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्सलाई ६ रनले पराजित गरेको हो । पहिलो खेलमा पोखरा राइनोजले चितवन टाईगर्सलाई १० विकेटले पराजित गर्यो ।

पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले पुस ७ गते विदा गर्दैछ। ५५ दिनका लागि नियुक्त भएका उनीहरु यो सातादेखि सेवा मुक्त हुँदैछन्।

इपिएलमा पोखरा राइनोज १० विकेटले विजयी (फाेटाे फिचर)

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजले उत्कृष्ट विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न मंगलबारकाे पहिलो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको छ ।

११४ रनको लक्ष्यसहित पोखरा राइनोज ब्याटिङ गर्दै

एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेटमा चितवन टाइगर्सले पोखरा राइनोजलाई जितका लागि ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

इपिएलमा चितवन-पोखरा र ललितपुर-बिराटनगर भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज दुई खेल हुदैछन । कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे चितवन टाइगर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ ।

‘मधुमास स्पट’ पोखरा

हालै विवाह गर्नुभएको छ र जोडी बनेर ‘हनिमुन’ मनाउन कतै जाने सोचमा हुनुहुन्छ भने तपाईंका लागि पोखरा सही गन्तव्य बन्न सक्छ । यहाँका तालतलैया, आकर्षक हिमाल, रहस्यमय गुफा अनि सफा र शान्त वातावरणले तपाईँको ‘हनिमुन ट्रिप’ रमाइलो, सुखद् र स्मरणीय बनाउन सक्छ । फेवातालमा घण्टौंसम्म बोटिङ गर्दाको आनन्द, सराङकोटबाट देखिने माछापुच्छे र अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्य, रहस्य लुकेका महेन्द्र, चमेरे र गुप्तेश्वर गुफाभित्रका आकृति, अनौठो डेभिज फल्स यहाँका लोभलाग्दा भ्रमणस्थल हुन् । बन्जी जम्प, प्याराग्लाइडिङ, पावर ग्लाइडर गर्न चाहनेका लागि पोखरा पहिलो रोजाइ हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : भौतिक पूर्वाधार बनाउन सुरु

सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकतामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण बल्ल सुरु भएको छ । विमानस्थल निर्माणका लागि प्रस्तावित जग्गा आइतबारदेखि सम्याउन थालिएको हो ।

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुँदै

हिमाली क्षेत्रका भौगलिक संरचना सहित विभिन्न गतिविधिबारे जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) ले पोखरास्थित पर्वतीय संग्रहालय परिसरमा चौथोपटक पर्वतीय महोत्सव गर्न लागेको हो ।

काठमाडौं–पोखरा रेलमार्ग बनाउन चिनियाँ टोली उत्साहित

नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारी सहितको टोलीले बुधबार काठमाडौं–पोखरा रेलमार्गको स्थलगत अध्ययन गरेको छ । केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउने ठाउँको स्थलगत अध्ययन गर्न नेपाल आएको टोली पोखरा पुगेपछि त्यहाँ रेल पु¥याउन उत्साहित बनेको हो ।

चिनियाँ कम्पनीले अघि बढायो पोखरा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणको काम

पोखरा अन्तर्राष्ट्यि विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ।

पोखरामा हटएयर बेलुनमा उड्न पाइने

पोखरामा व्यवसायीकरुपमा हटएयर वेलुन उडाइने भएको छ। बेलुन नेपाल प्रालिले पोखरामा यस प्रकारको साहसिक खेल भित्र्याएको हो। बेलुनमा बसेर अन्नपूर्ण हिमश्रृंखला एवमं पोखराको दृश्यावलोकन गर्न सकिने छ।

लुम्बिनी, पोखरा रुटमा शौचालय भएको बस सेवा, भाडादर २० डलर

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ। ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्