कठमाण्डौं– एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेटमा चितवन टाइगर्सले पोखरा राइनोजलाई जितका लागि ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवन टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ ११३ रन बनाएको हो। चितवनका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ र अनिलकुमार मण्डलले ३२ रनको योगदान दिए।
चितवनलाई ११३ रनमा समेटन पोखराका लागि विदेशी खेलाडीहरु इसरुल्लाहले ४ तथा ताज वलीले ३ विकेट लिए। अहिले पोखरा राइनोज ११३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा पोखराले अहिले ३.४ ओभरमा विना विकेट २१ रन बनाएर खेलिरहेको छ।
प्रकाशित: ४ पुस २०७४ ०५:२९ मंगलबार