४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आठ वर्षमा दुई सय बीस गैँडा मरे

बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन।

गैंडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैंडाको खाग ओसार पसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ।

गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै

आगामी माघ १७ गते सञ्चालन हुने चालु आर्थिक वर्ष २०७९/८० को हिउँदे नगरसभामा नगरप्रमुख मदनभक्त अधिकारीले पाँच वटा ऐन पेश गर्ने बताइएको छ।

चितवन निकुञ्ज फेरी सिकारीको निसानामाः धमाधम मारिन थाले विश्वकै दूर्लभ ‘गैंडा’

२०७३ सालदेखि लगातार तीन वर्ष दुर्लभ एक सिंगे गैँडा शुन्य चोरी सिकारी बर्ष मनाएको चितवन राष्ट्रिय निकुञ्ज फेरी सिकारीको निसानामा परेको छ।

नेपालमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते ९फेब्रुअरी ३ देखि ५ तारिख० सम्म चितवनमा हुनेछ।

चितवनमा खाग नभएको गैंडा मृत भेटियो

चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत भेटिएको छ। वन डिभिजन कार्यालय भरतपुरका अनुसार कालिका नगरपालिका–१ स्थित चतुरमुखी सामुदायीक वनमा गैंडा भेटिएको हो।

गैंडा जोगाएका उम्मेदवार

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका राजनीतिक दलका नेताहरू मतदातासामु जाँदै गर्दा धेरैखाले सपना बाँड्न व्यस्त छन्।

कास्की–३ः गैंडा जोगाएका कमलजंगको अजेन्डा प्रकृति संरक्षण

कमलजंग कुँवर, संरक्षणका क्षेत्रमा नयाँ नाम होईन, नयाँ पुस्ताले उनलाई नचिन्न पनि सक्छ। तर जो प्रकृतिसँग रमाउन चाहन्छ, संरक्षणमा जुट्न खोज्छ, उनीहरुबीच कुँवरको नाम उँचो छ। अझ त्यसमा पनि गैंडा संरक्षणको नाम आउँदा कुँवरलाई जो कोहीले भुल्न सक्दैन। किनकी चितवन राष्ट्रिय निकुञ्जमा धमाधम एकसिंगे गैंडा मारिँदा त्यसलाई रोक्न कुँवरको नेतृत्वमा टिम सक्रिय हुँदा गैंडाको चोरी निकाशी रोकिएको थियो। राजनीतिक दलका यिनै उम्मेदवारबीचमा कुवँर, ५१, पनि चुनावी मैदानमा छन्।

चितवनको खैरहनीमा मृत गैंडा फेला, करेन्ट लागेको आशंका

खैरहनी नगरपालिका वडा नं १२ इचर्नी खोला नजिक रहेको बंगुर फार्ममा बिहीबार बिहान ४ बजेतिर भाले गैँडा मृत अवस्थामा फेला परेको हो।

गैँडाकोटमा कृषक समूहलाई बाख्रा वितरण

बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि बाख्रा वितरण गरिएको नगरप्रमुख छत्रराज पौडेलले बताए। गैँडाकोटको वडा नं ३ र १८ मा बाख्रापालनको सम्भावना राम्रो भएको उल्लेख गर्दै नगरप्रमुख पौडेलले यी वडालाई बाख्राको पकेट क्षेत्रका रुपमा घोषणा गरिएको बताए।

बाघको आक्रमणबाट दुई गैँडाकाे मृत्यु

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेका हुन्।

२३ वर्षपछि खाग तस्कर पक्राउ

न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो। उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो।

गैंडाको मृत्यु प्रकरणः व्यवसायीलाई कारबाहीबारे महासंघको आपत्ति

इन्डो–सगुन जेभी निर्माण कम्पनीबाट नाली निर्माणको क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्