४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ल्हासा जाने मदनहरू

पचास लाखभन्दा धेरै युवाले पठाएको अर्बौँ रुपियाँबाट कर उठाएर गर्व गर्दै रमाएका छन्, सिंहदरबारका ठूला राहु र साहूहरू।

नौ महिनामा मरे ३० गैँडा

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन्। तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्।

गैँडा बढेको खुसियालीमा दीपप्रज्वलन

पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको एकसिङ्गे गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा क्रियाशील हुन ऊर्जा प्रदान गरेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा उत्साहितसँगै लगानी सुरक्षित भएको बताए।

नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो

नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए। यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए।

गैँडा गणना आज सकिने

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट सुरु गरिएको गैँडा गणना आज सकिने भएको छ। पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो।

नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला

राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ। गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो।

गैँडा गणनामा घाइतेको उपचारका लागि वनमन्त्री आलेद्वारा एक लाख सहयोग

हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौंको ह्याम्स अस्पतालमा पुगेर उनले उक्त रकम प्रदान गरेकाे निजी सचिव रविन ज्ञालनले जानकारी दिए। श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिए।

गैंडा गणनामा खटिएका निकुञ्ज कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको आइतबार मृत्यु भएको छ। गत बुधबारदेखि गैंडा गणनामा खटिएका ३१ वर्षीय पुलिसराम थारुको मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते

गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएका छन्। नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली हात्तीले आज लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

पर्सामा गैंडा गणना सुरु

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैंडा गणना सुरु गरिएको छ। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सोमबार बिहान सिटी फुकेर गैंडा गणनाको सुरुवात गरेका हुन्। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सोमबारदेखि गणना सुरु गरिएको हो।

उदयपुर सिमेन्टमा नयाँ जिएमको दुई महिना

पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन गैंडा सिमेन्ट फागुनमा यस वर्षकै बढी बिकेको छ। दुई वर्षसम्म महाप्रबन्धक (जिएम)विहीन रहेको उद्योगले बुधबार विज्ञप्ती जारी गर्दै गत माघ १ गते गोपीकृष्ण न्यौपाने नयाँ जिएम भएयताको प्रगति सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ। निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो।

गैँडाको आक्रमणबाट एक घाइते

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ। निकुञ्जको मेघौलीमा खाग भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्