३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो

फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ। निकुञ्जको मेघौलीमा खाग भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो। दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले जानकारी दिए। खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो। अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उनले बताए।  

गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन्। मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन्। निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चार वटा गैैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन्। यससँगै निकुञ्ज सुरक्षामा निकैै कडाइ गरिएको छ। पन्ध्र वर्षभन्दा बढी समयदेखि फरार दुई अभियुक्त हालै पक्राउ परेका छन्। दुर्लभ एकसिङ्गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ। रासस

प्रकाशित: २३ पुस २०७७ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App