१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

वयस्क भाले गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैंडा मृत भेटिएको छ। निकुञ्जको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बुधबार बिहान गस्ती टोलीले निकुञ्जको मुख्य क्षेत्रमा मृत गैंडा फेला परेको बताए। दुई गैंडा एक आपसमा जुधेर मरेको हुन सक्ने अनुसन्धानबाट खुलेको तिवारीले उल्लेख गरे। मृतक भाले गैंडाको खाग र खुर सुरक्षित रहेको तिवारीको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार मरेको गैंडासँगै चालु आर्थिक वर्ष २०७९/८० मा १३ वटा गैंडा मरेका छन्। मरेका गैंडामध्ये दुईवटा चोरी सिकारीका कारण मरेका निकुञ्जले जनाएको छ। गैंडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैंडा छन्। रासस

प्रकाशित: २५ फाल्गुन २०७९ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App