७ आश्विन २०८१ सोमबार
image/svg+xml

वडाध्यक्षमा नेकपाबाट मियाको नाम सर्वसम्मत

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि रौतहटको गढीमाई नगरपालिका–२ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार चयन गरेको छ।

साझा पार्टीले तोक्यो उम्मेदवार

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं–१ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ।

बाँकेमा प्रमुख पार्टीद्वारा उम्मेदवारको नाम सिफारिश

कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन्।

नौ स्थानीय तहका नौ रिक्त पदमा उपनिर्वाचन

प्रदेश २ का आठवटा जिल्लामा रिक्त नौ पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको छ।

सातवटा वडामा उपनिर्वाचन

सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका स्थानीय तहका सातवटा वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ। प्रदेशका पाँच जिल्लाका सातजना वडाध्यक्षको मृत्यु भएपछि सो ठाउँमा उपनिर्वाचन हुन लागेको हो।

नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा

प्रदेशसभा निर्वाचन २०७४ मा प्राप्त विजयी मतलाई नेकपाले यो उपनिर्वाचनमा पनि सुरक्षित पार्न चाहन्छ। कांग्रेसको आन्तरिक व्यवस्थापनको पाटो नै चुनाव जित्ने या हार्ने भन्नेमा निर्णायक बन्ने विश्लेषण कांग्रेसीजनले गरिरहेका छन्।

नेकपा ढुक्क, कांग्रेस लालकिल्ला ढल्ने आशामा

प्रदेश १ को धरान उपहानगरपालिका, फाल्गुनन्द र चिचिला गाउँपालिकाको प्रमुखका लागि र विभिन्न स्थानका वडाध्यक्ष र सदस्यका लागि हुने उपनिर्वाचनको माहोल तात्न थालेको छ। प्रदेश १ मा सत्तारुढ दल नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। अहिले राजनीतिक दलहरू उम्मेदवारको नाम टुंग्याउने अभियानमा रहेका छन्।

उपनिर्वाचनको तयारी तीव्र

कर्णालीका दुई जिल्लामा उपनिर्वाचनको तयारी तीव्र पारिएको छ। यहाँका राजनीतिक दलले उम्मेदवार चयनदेखि प्रचारप्रसार कार्यक्रम अगाडि बढाएका छन्। हुम्लाको खार्पुनाथमा उपाध्यक्षका लागि र सल्यानको कुमाख गाउँपालिका–५ का वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। हुम्लाको खार्पुनाथकी उपाध्यक्ष सिन्धु हमाल शाहीको असार ३ गते कर्णाली नदीमा जिप दुर्घटनामा मृत्यु भएको थियो।

उपनिर्वाचन तयारीमा दल : कसले मार्ला बाजी?

नेकपाले स्वर्गीय अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने कांग्रेसले उम्मेदवारबारे कुनै निर्णय लिइसकेको छैन। उसले यसअघि पराजित उम्मेदवार देवराज चालिसेलाई नै उम्मेदवार बनाउने तयारी गरे पनि केन्द्रमा १६ आकांक्षीको नाम पठएको छ।

देउवाकाे चेतावनीः उपनिर्वाचनमा अन्तर्घात भए असह्य र अक्षम्य हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने चेतावनी दिएका छन्।

कास्कीमा उपनिर्वाचनको तयारी तीव्र

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृतको नियुक्ति, मतदानस्थल र मतदान केन्द्र तोक्नेलगायतका आवश्यक तयारी गरेको छ भने दलहरु उम्मेदवार छनोटमा व्यस्त छन्।

उपनिर्वाचनको चहलपहल बढ्यो, नेकपाले टुंग्यायो दुई वडाका उम्मेदवार

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा चहलपहल बढेको छ। उपनिर्वाचन हुने वडामा चुनावी सरगर्मी बढेको हो।

उपनिर्वाचन तयारीमा राजपा

राष्ट्रिय जनता पार्टी नेपालले उपनिर्वाचन तयारी सुरु गरेको छ। राजपाको अध्यक्षमण्डलको शुक्रबारको बैठकमा उपनिर्वाचन तयारीबारे छलफल भएको महासचिव केशव झाले बताए।

उपनिर्वाचनको चहलपहल

खोटाङका राजनीतिक दललाई उपनिर्वाचनको चटारो सुरु भएको छ । साकेला गाउँपालिका–३ खिदिमाका तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि रिक्त पदका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा, नेपाली कांग्रेस, समाजवादीलगायत पार्टीको दौडधुप सुरु गरेका छन् ।

उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ। शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले विज्ञप्तिमार्फत जनाएको छ। निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्