२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

गुठी संरक्षणकर्मी दोस्रो दिन पनि विरोध प्रदर्शनमा

गुठी विधेयकविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले सोमबार इन्द्रचोकमा प्रदर्शन गरेको छ।

गुठी विधेयक खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन (फोटो फिचर)

सरकारले एकतर्फीरुपमा ल्याएको गुठी विधेयक खारेजीको माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन चर्किएको छ।

डिएभीमा विज्ञान प्रदर्शनी

डिएभी कलेजको आयोजनामा एकदिने बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीमा एसइई सम्पन्न गरेका १० हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कलेजद्वारा जानकारी गराइएको छ।

‘मिस नेवाः नेपा’को प्रतिभा प्रदर्शन

‘मिस नेवाः नेपाः ११३९’ का प्रतियोगीहरूले शुक्रबार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। नेप्लीज फेसन होमले आयोजना गर्न लागेको नेवार समुदायका युवतीहरूको यो प्रतियोगिताका प्रतिस्पर्धीहरूले नेवारी कला र संस्कृति झल्कने शैलीका प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताका प्रतिस्पर्धीहरूमध्ये अधिकांशले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। ती मध्ये अधिकांश प्रतिस्पर्धी युवतीहरू हाकु पटासीसहितको नेवारी पहिरन लगाएका थिए।

सुपुदर्गी विधेयकविरुद्ध हङकङमा प्रदर्शन

सुपुदर्गी विधेयकविरुद्ध हङकङमा प्रदर्शन भएको छ। विधेयकविरुद्ध हङकङमा हजारौं मानिस सडका उत्रिएको बिबिसीले उल्लेख गरेको छ। सरकारले ल्याउन लागेको नयाँ विधेयकले हङकङभित्र रहेका चीन विरोधी विपक्षी राजनीतिक दललाई प्रभावित पार्न सक्ने आलोचकहरुले बताएका छन्। विवादित सुपुदर्गी विधेयकअनुसार शंकास्पद अपराधीलाई मुख्यभूमि चीनतर्फ पठाउनसक्ने व्यवस्था रहेको छ।

गुठी मास्न भूमाफियाको इसारामा सरकारले विधेयक ल्याएको आरोप

सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले सरकारले भूमाफियालाई बल पुग्ने गरी गुठी विधेयक ल्याएको आरोप लगाए।

गुठी विधेयकको विरोध गर्नेमाथि पानीको फोहरा (फोटो/ भिडियो)

प्रस्तावित गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। गुठी सम्वन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेय सरकारले संसदमा दर्ता गराएको छ।

प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन

रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की पटक–पटक सरुवा हुँदा पनि नगएपछि स्थानीयले उनीविरुद्ध प्रदर्शन गरेका छन्। सरकारले पटक–पटक सरुवा गर्दा पनि सरुवा भएको ठाउँमा कार्की नजाँदा अनेक शंका उब्जाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई पसम्म सरुवा गरिसकेको छ। सरुवा भएको ठाउँमा नगएर कार्की कानुनविपरीत, आफूखुसी गौर नपामै डेरा जमाई बसेपछि सोको विरोधमा स्थानीय युवाले चर्को नाराबाजीसहित जुलुस प्रदर्शन गरेका हुन्।

लोकसेवाविरुद्ध रौतहटमा प्रदर्शन

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाको लागि निकालेको विज्ञापनको विरोधमा रौतहटमा प्रदर्शन गरिएको छ। रौतहट सदरमुकाम गौरको विपि चौकमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

सुडानमा प्रदर्शनकारीका नेताले सत्तारुढ सैनिक परिषद्सँगको वार्तालाई अस्वीकार गरेको छ। सुडानको राजधानी खार्तुममा जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा एक सय आठ जनाको मृत्यु भएपछि लोकतन्त्रवादी नेताले वार्तालाई अस्वीकार गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादनमा जोड

राजधानीको भृकुटीमण्डपमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी सुरु भएको छ।

सुडानमा आम निर्वाचनको घोषणा, गोली लागेर ३५ भन्दा बढीको मृत्यु

सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ।

साढे दुई खर्ब विदेशी लगानी अनुमति

स्वदेशी पुँजी पर्याप्त नभएर सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकर्षित गर्न लगानीकर्तालाई आह्वान गरिरहेको बेला विभिन्न मुलुकका तीन कम्पनीले करिब साढे दुई खर्ब रुपैयाँ लगानी गर्न अध्ययन अनुमति लिएका छन्।

प्रदर्शनकारीविरुद्ध सैनिक हस्तक्षेप, कम्तीमा १३ जनाको मृत्यु

सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर धर्नामा बसेका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले गोली चलाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

फेसबुकमा नग्न तस्बिर राख्न पाउनुपर्ने भन्दै प्रदर्शन

सामाजिक सञ्जाल फेसबुकमा नांगो तस्बिर राख्न पाउनुपर्ने भन्दै फेसबुकको न्यू योर्क मुख्यालयमा प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्