८ चैत्र २०८२ आइतबार
image/svg+xml

सुनको मूल्यमा भारी गिरावट : १२ हजार ५०० ले घट्यो

सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार ५४० रुपैयाँ तोकिएको छ। यसअघि चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

‘मितज्यू’ को ‘गैराघरे काँइली’गीत सार्वजनिक

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ।

कपिलवस्तुको महाराजगंज घटना : नौ जना पक्राउ, २३ घाइते

शनिबार बिहान कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदामा दुई समुदायबिच धार्मिक विषयमा विवादले उग्र रूप लिएपछि प्रशासन कार्यालयले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो।

ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड

धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गरेका छन्।

इजरायलका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहार : १०० बढी घाइते, ११ को अवस्था गम्भीर

आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिरले इरानसँगको युद्धको बिचमा 'सबै मोर्चामा' शत्रुहरूसँग लड्न जारी राख्ने वाचा गरेका छन्।

सवारीसाधन आवागमनमा रोक लगाएर सडक स्तरोन्नति थालियो

लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि विभिन्न स्थानमा कटिङको कामबाट पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइँदै आइएको हो।

ट्रम्पको अल्टिमेटमपछि इरानको चेतावनीः अमेरिकासँग सम्बन्धित ऊर्जा केन्द्रहरूमा आक्रमण हुन सक्छ

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार यदि इरानका इन्धन तथा ऊर्जा केन्द्रहरूमा आक्रमण गरियो भने, इरानी सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारलाई नै निशाना बनाउनेछ।

तीन दिनदेखि दाउन्नेमा सवारी फसे, यात्रु र चालक बाटोमै अलपत्र

तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन्। लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सडकमा रोकिँदा गन्तव्यमा पुग्न ढिलाइ भएको छ।

आलु उत्पादन बढे पनि बजार नपाउँदा चिन्तित किसान भन्छन्: खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ

आलु सस्तोमा बिक्री गर्नुपर्दा किसान आलु ‘खन्ने या नखन्ने’ अलमलमा देखिन्छन्। सापकोटा भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ।’ यस वर्ष आलुको मूल्य घटेकाले लागत उठ्न हम्मेहम्मे हुने अगुवा किसान सापकोटा बताउँछन्।

दार्चुलामा ‘प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी’

दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्रराज अवस्थीको अध्यक्षतामा कार्यक्रम भएको हाे।

पानी, महिला र समानता

नेपालका अधिकांश पहाडी भूभागमा आजभन्दा करिब २० वर्षअघि आमा, दिदी, बहिनी र भाउजूहरूको दैनिकी बिहानै उज्यालो नहुँदै गाग्री–डोको बोकेर कुवा, पँधेरो र खोलातर्फ धाउनबाट सुरु हुन्थ्यो।

रसुवा अस्पतालद्वारा सेवा विस्तार

विसं २०२१ मा ‘हेल्थपोस्ट’बाट सुरुआत भएको स्वास्थ्य सेवा विस्तारका क्रममा विसं २०४२ मा अस्पताल बनाइएको थियो ।

गीतकार किरण खरेललाई ‘परशु-कल्पना स्रष्टा सम्मान’

प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु-कल्पना स्रष्टा सम्मान-२०८२’ वरिष्ठ गीतकार किरण खरेललाई अर्पिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्