१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

यात्रु सुरक्षाका लागि उडान रद्ध गरेका हौंः बुद्ध एयर

बुद्ध एयरले खराब मौसम र यात्रुको सुरक्षाका लागि सोमबार उडानहरु रद्ध गरेको स्पष्ट पारेको छ। मौसमका कारण काठमाडौं–विराटनगर–काठमाडौं उडान रद्ध हुँदा यात्रु असन्तुष्ट भएपछि बुद्ध एयरको कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्धारित उडान रद्ध गर्नु बाध्यता भएको र सुरक्षा चासो बुझिदिन यात्रुलाई आग्रह गरेको छ।

उडान रद्द भएर सुमाेमा जाँदा ६ जनाकाे ज्यान गयाे

काठमाडौँबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको  टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शनिबार विहान २ः३० बजे  धनुषाको  गणेशमान चारनाथ नागरपालिका ८ पोर्ताहास्थित कमलापुल नजिके दुर्घटना भएको हो।

बुद्धले पोखराबाट नेपालगन्ज उडान गर्ने

निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट नेपालगन्ज उडान गर्ने घोषणा गरेको छ । आगामी वैशाख १ गतेदेखि यो रुटमा उडान गर्ने घोषणा आइतबार गरेको हो ।

बलेवा विमानस्थलमा उडान भर्ने तयारी

बन्द रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ । साढे दुई दशकदेखि बन्द रहेको उक्त विमानस्थलमा आगामि चैतबाट उडान भर्न नागरिक उड्यन प्राधिरण र विमान कम्पनीले प्रतिवद्धता जनाएका छन् ।

नयाँ वर्षमा बुद्ध एयरको पोखरा–नेपालगञ्ज सिधा उडान

बुद्ध एयरले नयाँ वर्ष २०७५ सालदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गर्ने भएको छ। बुद्ध एयरले आइतबार आउँदो वैशाख १ (१४ अप्रिल)देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने घोषणा गरेको हो।

बुद्धले काठमाडौं–कोलकाता उडान गर्ने

निजी वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकाता उडान गर्ने घोषणा गरेको छ । यसका लागि कम्पनीले तीव्र गतिमा काम अगाडि बढाएको छ ।

कैलालीमा वर्षकै बढी चिसो : विद्यालय बन्द, हवाई उडान अवरुद्ध

कैलालीमा अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेको छ। जिल्लामा सोमबार यस बर्षकै सबैभन्दा बढी चिसो भएको छ। जल तथा मौसम बिज्ञान बिभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार सोमबार कैलालीको तापक्रम यस बर्षको सबैभन्दा कम २.५ डिग्रीमा झरेको छ। अधिकतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ।

भरतपुरका उडान ठप्प, सडक मार्गबाट काडमाडौं फर्किए दाहाल

मौसम चिसो हुँदै बाक्लो कुहिरो लागेका कारण भरतपुर विमान स्थलमा जाहाजहरु आउन जान सकेका छैनन् । हिजो शनिबार कुनै पनि उडान हुन सकेनन् । आज आइतबार बिहान पनि उडानहरु हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ ।

बाक्लो हुस्सु र कुहिरोले उडान प्रभावित

दुई सातादेखि तराईमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण काठमाडौंसँग सबैभन्दा कम दुरीमा रहेको सिमरा विमानस्थलबाट हुँदै आएको हवाई उडान प्रभावित भएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालय सिमराका प्रमुख हिराजन काफ्लेले चिसोको कारण भिजिबिलिटीमा समस्या आएकाले दैनिक हुँदै आएका उडान सेवा प्रभावित भएको बताए ।

तीन गन्तव्यका उडान रद्द

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अन्तर्राष्ट्रिय उडानतर्फ एउटा जहाजमा खुम्चिएको छ । निगमसँग रहेका तीनथानमध्ये हाल एउटामात्र सञ्चालनमा छ । अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निमिर्त १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको एक गरी तीन जहाज छन् ।

शीतलहरका कारण जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ ।

काठमाडौं–ग्वान्जाओ उडानमा चीन सकारात्मक

काठमाडौं–ग्वान्जाओ सीधा हवाई सेवा सञ्चालन गर्न चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले नेपालमा थप लगानी गर्न र काठमाडौं–ग्वान्जाओ हवाई सेवा सञ्चालन गर्न सकिने बताएको हो ।

निगमले मंसिर १३ बाट मेघौली र सुकेटार उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य चितवनको मेघौली र ताप्लेजुङको सुकेटारमा पुनः नियममित उडान गर्ने भएको छ।

विद्रोही दाहाल–भट्टराईको त्यो काठमाडौं उडान

प्रधानमन्त्री निवास वालुवाटारमा २०६३ असार २ गते अन्य दिनभन्दा छुट्टै चहल पहल र उत्सुकता थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दुई विद्रोही नेताको तिब्र प्रतिक्षमा बसेका थिए। जनआन्दोलन ०६२–०६३ को सफलतापछि विद्रोही माओवादीसँग शान्ति प्रक्रिया सुरु हुँदैथियो। शान्ति प्रक्रियाबारे छलफल गर्न तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराई काठमाडौं आउँदै थिए।

खुम्बुमा पर्यटकको चापले दैनिक सय बढी उडान

सोलुखुम्बुको लुक्ला विमानस्थलमा हवाई उडानमा चाप बढेको छ। खुम्बु भ्रमण गर्न आउने पर्यटकहरुको चाप बढेसँगै विभिन्न विमान कम्पनीहरुले दैनिक एक सय भन्दा बढी उडानहरु गरिरहेको लुक्ला विमानस्थलका म्यानेजर योगेन्द्र कुँवरले बताए। ‘पर्यटकीय सिजन सुरु भएसँगै अक्टोबरदेखि पर्यटकको चाप बढेको छ’, उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्