काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य चितवनको मेघौली र ताप्लेजुङको सुकेटारमा पुनः नियममित उडान गर्ने भएको छ।
निगमले बुधबार जनाएअनुसार मंसिर १३ बाट दुवै गन्तव्यमा उडान गरिनेछन् । मेघौलीका लागि प्रत्येक साता तीन दिन सोम, बुध र शनिबार उडान गरिने छ भने सुकेटारका लागि सातामा एक दिन बुधबार उडान गरिने छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजे उड्ने निगमको जहाज ४० मिनेटमा मेघौली पुग्ने छ । हाल मेघौलीका लागि एकतर्फी भाडा ३ हजार १ सय ६५ रुपैयाँ तोकिएको छ । त्यसैगरी सुकेटारका लागि बिहान ७ बजे काठमाडौबाट उडान गरिने छ । सुकेटारको एकतर्फी भाडा ५ हजार ४ सय ५ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
प्रकाशित: ७ मंसिर २०७४ ०४:४४ बिहीबार