४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राज्यको सम्पति फिर्ता ल्याउन नसके मन्त्री पद छोड्छु: पर्यटनमन्त्री

प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तरगतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्।

प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठाएका महासमिति सदस्य बजगाइँद्वारा निवेदन फिर्ताको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवामाथि नैतिक प्रश्न उठाएका नेपाली काँग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाइँले निवेदन फिर्ताको घोषणा गरेका छन्।

एक सभापति, एक सह–महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सभापतिमा मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

कांग्रेस महाधिवेशन: मनोनयनपत्र फिर्ता लिने समय थप

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम गरिएको छ।

कांग्रेस महाधिवेशन: उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

“ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

नेपाली टोली स्वदेश फिर्ता: अलमुताइरी र रोहित आएनन्

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले स्वागत गरे।

संसद्मा पारितका क्रममा रहेको विधेयक फिर्ता

समितिमा बहुमत सदस्यबाट पारित भएको यो विधेयकमा कांग्रेसका केही सांसदको असन्तुष्टि थियो। कांग्रेस सांसदले विधेयक प्रतिवेदनमा फरक मत नै राखेका थिए। तत्कालिन प्रमुख प्रतिपक्षी कांग्रेसले समायोजनमा गएका कर्मचारीलाई संघमा फर्किने कुनै न कुनै बाटो खोल्नुपर्ने, आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने व्यवस्थालाई कायम राख्नुपर्ने, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था प्रस्तावित विधेयक अनुसार नै हुनुपर्ने माग गरेको थियो ।

खर्च गर्न नसकेर चितवनका ६ पालिकाले फिर्ता गरे ३५ करोड बढी अनुदान

चितवनका ६ पालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा खर्च गर्न नसकेर ३५ करोड बढी अनुदान फिर्ता गरेका छन्। सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत तीन शिर्षकमा दिएको अनुदान जिल्लाका ६ स्थानीय तहले खर्च गर्न नसकेर फिर्ता गरेका हुन्। खैरहनी नगरपालिकाले भने अझै पनि फिर्ता गरेको छैन।

एक सुको नकमाई अफगानिस्तानबाट फिर्ता

दलाललाई १३ लाख रूपैयाँ बुझाएर अफगानिस्तान पुगेको १४ दिनमै फर्कनु परेपछि सानोडुम्बा–७ भोजपुरका राजकुमार राईलाई यतिखेर के र कसो गरौं भइरहेको छ।

बेलायतद्वारा काबुलबाट आफ्ना सबै नागरिक फिर्ता

बेलायतले तोकिएको समयभित्रै अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरेको छ।

तालिबानद्वारा आममाफी घोषणा: महिलालाई सरकारमा सहभागी हुन आह्वान

तालिबानी सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह समानगानीले अब मुलुकमा कसरी शासन चल्छ भन्ने विषयमा प्रतिक्रिया दिने क्रममा महिलालाई विभेद नगरिने र देशभर सबैलाई आममाफी दिइने बताए।

अमादब्लममा फहराइएको कुवेती झण्डा थाहै नदिई फिर्ता

पोखरास्थित पर्वतीय संग्रहालयका अनुसार २०७७ चैत १७ गते यो झण्डा पोखराबाट फिर्ता पठाइएको हो। संग्रहालयका प्रशासन सहायक उज्जवल अधिकारीका अनुसार नेपाल पर्वतारोहण संघ (एनएम) का पदाधिकारीले पोखराबाट झण्डा बुझेर लगेका थिए ।

शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐन फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐनको पुनरावलोकन गर्नु पर्ने बताउँदै कानुन मन्त्रालयमा पुगेको उक्त ऐन फिर्ता मागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्