६ आश्विन २०८१ आइतबार
image/svg+xml

नौ महिनामा चारपटक आन्दोलनको धम्की

दाहालले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका छन्।

विद्यार्थी आन्दोलन अब दसैंपछि

चितवन मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीसँग गरेको सहमतिअनुरूप काम नगरेको भन्दै विद्यार्थीले आन्दोलन जारी राखेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा बढी शुल्क सो कलेजले लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।

होटल श्रमिकद्वारा आन्दोलनको चेतावनी

होटल, क्यासिनो तथा रेस्टुरेन्ट श्रमिकले १० प्रतिशत सेवाशुल्क, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयू) ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी २१ दिने अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको हो।

सडक बनाउन माग गर्दै साँखुमा चक्काजाम

साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन्। निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन्।

एकैपटक ३ हजार कर्मचारी हटाइएपछि आन्दोलन

सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटेरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ। ‘एक गाउँ एक प्राविधिक’ नाराअन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको हो। पुराना हटाएर अर्थले नयाँ भर्ना लिन सकिने व्यवस्था गरेको छ। यसका लागि मन्त्रालयले बजेट पनि छुट्टयाएको छ।

एउटा फौजी आन्दोलन चाहियो, नत्र युरोपको कम्युनिष्ट पार्टीजस्तै हुन्छौं- प्रचण्ड

‘हामीलाई चाहिएको छ, एउटा आन्दोलन, हामीलाई चाहिएको छ, अर्को एउटा अभियान, अर्को एउटा मिसन। त्यो मिसन पूरा गर्नका लागि सम्पूर्ण तागत लगाएको संकल्पगत एकता पैदा गर्ने विशाल फौज’ दाहालले भने । त्यो नगर्ने हो भने पार्टीको हालत पूर्वीयुरोपको कम्युनिष्ट पार्टीहरुको जस्तै हुनेछ।’

जनआन्दोलनका घाइते मुकेश कायस्थ सम्मानित

जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई संविधान दिवसको अवसर पारेर आज  ‘संविधान दिवस मूल समारोह समिति काभ्रेपलाञ्चोक’ले सम्मान गरेको छ।

मेलम्ची आयोजना विरुद्धको आन्दोलन स्थगित

पूर्वठेकेदार इटालियन कम्पनी सिएमसीसँग काम गर्दा पाउनुपर्ने बक्यौता रकम माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध आपूर्तिकर्ता, कर्मचारी र मजदुरले महिनादेखि थालेको आन्दोलन स्थगित भएको छ। आपूर्तिकर्ता/कर्मचारी र खानेपानी मन्त्रालयबीच आउँदो दुई महिनाभित्र समस्या समाधान गर्ने सहमति भएपछि उनीहरुले त्यतिञ्जेलसका लागि आन्दोलन रोकेका हुन्।

बजारमा ‘छायाँको लस्कर’ आउँदै

झापा आन्दोलन ताका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेका विद्यार्थी राजनीतिका अभियन्ता केआर खम्बू ‘छायाँको लस्कर’ नामक पुस्तक लिएर आउँदै छन्।

'दोषीलाई कारबाही नगरे कडा आन्दोलन गर्छौ'

नेपालगञ्जमा जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहिबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो।

दोषीलाई कारबाहीको माग गर्दै बाँके कांग्रेस सडकमा

दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको छ।

‘कम्युनिस्ट सरकारले लुटतन्त्र मच्चायो’

नेपाली कांग्रेसका शीर्ष नेताले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले मुलुकमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०६ आंै जन्मजयन्ती तथा पार्टीकोे दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको मंगलबार सुरुवात गर्दै शीर्ष नेताहरूले विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने समय आउन लागेको बताए।

निषेधाज्ञा छल्दै, आन्दोलन चर्काउँदै

आन्दोलनकारीले आइतबार बिहान आयोजनाको मेलम्ची बजारस्थित साइट कार्यालयमा धर्ना दिएर नाराबाजी गरे। भुक्तानी माग गर्दै उनीहरूले शनिबार पनि साइट कार्यालय घेरेका थिए।

मेलम्चीमा निषेधाज्ञा समय छल्दै आन्दोलन चर्काउँदै

स्थानीय प्रशासनले मेलम्ची खानेपानी आयोजनास्थलमा निषेधाज्ञा जारी गरे पनि पूर्वठेकेदार इटालीयन कम्पनी पीडित मजदुर र आपूर्तिकर्ताले आन्दोलन चर्काउँन छाडेका छैनन्। निषेधित समय छल्दै उनीहरुले आन्दोलन जारी राखेका छन्।

मन्त्री मगरको आश्वासन- 'मेलम्ची पीडितको मर्का बुझेका छाैं, भुक्तानीको निकास निकाल्छौं'

खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको पूर्वठेकेदार इटालीयन कम्पनी सिएमसीले उपठेकेदार, आपूर्तिकर्ता र मजदुरलाई बक्यौता भूक्तानी नदिएको विषयमा बिधिसम्मत ढंगले समाधान खोजिने बताएकी छिन्। समस्या समाधान गर्ने विकल्प छोडेर आयोजनाविरुद्ध आन्दोलन गर्न नहुने उनले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्