२३ आश्विन २०८१ बुधबार
image/svg+xml

९३ तोला सुन चोर्ने तीन भारतीय पक्राउ

पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोरी गर्ने तीन भारतीय नागरिक पक्राउ परेका छन्।

चितुवाको छाला र भालुको पित्तसहित दुई पक्राउ

संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

चन्द समूहका इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् ।

घरेलु हतियारसहित एक युवक पक्राउ

डोल्पामा घरेलु हतियारसहित एक जना युवक पक्राउ परेका छन्। ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षिय खड्कबहादुर रोकायालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

किशोरी बेच्न खोजेको आरोपमा दुई पक्राउ

गोरखाको सिरानचोक गाउँपालिकाकी १७ वर्षिय किशोरीलाई आर्थिक प्रलोभन देखाएर बेचबिखन गर्न लैजान लाग्दा प्रहरीले सोमवार दुई जनालाई पक्राउ गरेको छ। नारायणगढ पुगेपछि एक करोड पाउने भाग्य चम्किने भन्दै सिरानचोक ७ का ७१ वर्षिय भिमप्रसाद ढकाल र ३९ वर्षिय रामबाबु दुतराज (बिक) ले युवतीलाई प्रलोभन देखाएका थिए।

बालविवाह गराउन खोज्ने काका पक्राउ

आफ्नै भतिजलाई बालिका विवाह गराउन खोज्ने काकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हुम्लाको चंखेली गाँउपालिका वडा १ दार्मा गाँउका सिंहबहादुर नेपालीलाई मुग प्रहरीले पक्राउ गरेको हो।

वैदेशिक रोजगार कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

वैदेशिक रोगजारको लालच देखाएर रकम असुल गरी अदालतबाट दोषी ठहरिएका फरार एक व्यक्ति पक्राउ परेका छन्।

जनकपुर भन्सारका नायब सुब्बा डेढ लाख घुससहित पक्राउ

जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी साढे एक लाख घुस रकमसहित पक्राउ परेका छन्।

लागूऔषधसहित युवा पक्राउ

उदयपुर प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ। सोमबार साँझ साढे पाँच बजेतिर त्रियुगा नगरपालिका १३ असारी दनुवारी टोलस्थित प्रहरी चेकजाँचको क्रममा सोही ठाउँका २६ वर्षीय नारायण चौधरी पक्राउ परेका हुन्।

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्