२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

चन्द समूहका इञ्चार्ज पक्राउ

काठमाडाैँ - नेत्रविक्रम चन्द  समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन्।

पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। प्रहरीले चन्द निकट विद्यार्थी सङ्गठनका नेता पर्वत सेढाइँलाई पनि पक्राउ गरेको छ। पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ माघ २०७६ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App