२३ आश्विन २०८१ बुधबार
image/svg+xml

लागुऔषधसहित ३ जना पक्राउ

उदयपुर प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ ६ बजेर ४० मिनेटमा उदयपुर र सप्तरीको सीमास्थल लालपत्तास्थित प्रहरी चौकीबाट खटेको चेकिङ टोलीले प्रतिबन्धित नाईट्रोजेपाम ट्याब्लेटसहित त्रियुगा नगरपालिका-१३ बस्ने ३० वर्षीय रमेश थापालाई नियन्त्रणमा लिएको जनाएको छ।

होटलबाट ब्राउन सुगरसहित २ पक्राउ

रुपन्देही प्रहरीले लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ। कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कस्थित तनहु होटलबाट ब्राउन सुगर(खैरो हेरोईन) र प्रतिबन्धित औषधिसहित २ जनालाई नियन्त्रणमा लिएको हो।

मानव बेचबिखनमा जनप्रतिनिधिको संलग्नता, वडाध्यक्ष पक्राउ

मानव बेचबिखनको आरोपमा जनप्रतिनिधिसहित तीन जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। दक्षिणकाली नगरपालिकाका–४ का वडाध्यक्ष पुस्कर खड्कासहित अन्य दुई जनालाई मानव बेचबिखनमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरे अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ।

६७ हजारको चेक किर्ते गरी २० लाख निकाल्ने पक्राउ

प्रहरीले चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लागुऔषध नेपाल भित्र्याउँदै गर्दा भारतीय महिला पक्राउ

लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरु नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा सर्लाहीबाट एक भारतीय महिला पक्राउ परेकी छन्।

जुवा खेल्ने तिब्वतीसहित १० जना पक्राउ

जुवातास खेल्ने तिब्बती नागरिकसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

२१ वर्षदेखि फरार अभियुक्त नागरिकता बनाउन आएपछि...

बालिकामाथि जबर्जस्ती करणी उद्योगका फरार दोषीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ। इलाम नगरपालिका–११, सोयाकका ३९ वर्षे सन्तोष एक्तेन नगरपालिकाबाटै पक्राउ परेका हुन्।

१ सय ८७ थान लागूऔषधसहित २ जना पक्राउ

उदयपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई सोमबार पक्राउ गरेको छ। सिराहाको लाहानबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना १ ज ७३४३ नं. को विङ्गर भ्यानलाई साँझ ६ बजेर १५ मिनेटमा चेकजाँच गर्ने क्रममा अवैध लागूऔषधसहित सप्तरीका २ युवा पक्राउ परेका हुन्।

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। सोमबार बिहान प्रहरीमा उपस्थित भएकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि सरकारी वकिल मार्फत जिल्ला प्रशासनमा अनुरोध गरेको थियो।

२२ लाखसहित १६ जुवाडे पक्राउ

प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिए।

अबैध काठ सहित तीन पक्राउ

अवैध सिसौंको काठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले राजापुर नगरपालिका–१० झप्टीबाट ११ गोलिया सिसमको काठसहित तीन जनालाई पक्राउ गरेको हो। ११ वटा १ सय ११ क्यूफिटका गोलिया, डल्लफ दुई थान र राँगा चार जिउ प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरि राजापुर नगरपालिका खैरीचन्दनपुर बस्ने ३५ वर्षीय लालबहादुर थारु, लाहामी थारु र वडा नम्बर ५ बस्ने ३४ वर्षीय भागीराम थारुलाई काठसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

'बल्ने ढुंगा' छ भन्दै ५० लाख लुट्ने गिरोहका ६ पक्राउ

विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन र डलर लगायतका चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाटमा संलग्न ६ जनालाई प्रहरी पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्