९ मंसिर २०८१ आइतबार
image/svg+xml

वार्ताबीच पनि रुसद्वारा युक्रेनमाथि निरन्तर आक्रमण

यसपटकको वार्तामा मस्को रचनात्मक ढंगले प्रस्तुत भएको युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले बताएका छन्। रुसले अघिल्लोपटक जस्तो यसपटक अल्टिमेटम दिने वा आत्मसमर्पणका लागि चेनावनी दिनेभन्दा पनि रचनात्मक ढंगले वार्ता गरिरहेको उनले बताए।

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच युक्रेन-रुस युद्धबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल गरेका छन्।

‘चेल्सीका अब्रामोभिच अयोग्य’

रुसले युक्रेनमाथि एकतर्फी आक्रमण गरेको भन्दै दुई दिन अघि मात्र बेलायत सरकारले अब्रामोभिच सहित सात रुसी अर्बपतिको सम्पत्ति रोक्का गरेको थियो। अब्रामोभिचको सम्पत्तिमा रोक्का भएसँगै चेल्सीको भविष्य अन्योलमा परेको छ।

युक्रेन मामलामा भारतीय अन्योल

विश्वका दुई शत्रुतापूर्ण शिविरलाई विभाजित बनाएको युक्रेन द्वन्द्वले भारतले परम्परागत रूपमायसअघि अख्तियार गर्दै आएको असंलग्नताको नीतिलाई चुनौती दिएको छ।

युक्रेनका युद्ध प्रभावितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

इन्धन र डलर महँगो हुँदा थप समस्या

रुसले युक्रेनमाथि सैनिक हमला गरेपछि दैनिकजसो अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, अमेरिकी डलर र सुनको मूल्य बढेको छ। अधिकांश मुलुकका सेयर बजारमा भारी गिरावट आइरहेको छ।

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।

अचाक्ली बढ्यो महंगी

खाने तेलको मूल्य लिटरमै ४० रुपैयाँ, चामल बोरामा एक सय ५० देखि दुई सय रुपैयाँ, दाल किलोमा २० रुपैयाँसम्म बढेको छ। फागुन पहिलो साता १६ सय ५० रुपैयाँमा बिक्री भएको जिरा मसिनो चामलको मूल्य बढेर अहिले १८ सय रुपैयाँसम्म पुगेको छ। दुई सय ४० रुपैयाँ लिटरमा बिक्री भएको सनफ्लावर तेलको मूल्य दुई सय ८० रुपैयाँ पुगेको छ। त्यसैगरी दुई सय २० रुपैयाँको भटमासको तेलको मूल्य बढेर दुई सय ५५ रुपैयाँ पुगेको छ।

रुस र युक्रेनबीच एकदिने युद्धविराममा सहमति

यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ।

२० लाख भन्दाबढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा पुगे

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार युक्रेन युद्धका कारण २ लाख ११ हजार ३१२ मानिसहरु देश छाडेर शरण लिन विभिन्न देशमा पुगेका छन्।

उद्धारमा पनि रुसी अवरोध

हमलाबाट घाइतेको उद्धारमा रुस बाधक बनेको युक्रेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका छन्। उनले रुसी सेनाले दक्षिण–पूर्वीसहरहरू घाइते भएका नागरिकलाई सुरक्षित स्थानमा लैजान खोज्दा निरन्तर गोलाबारी गरेको आरोप लगाए। युक्रेनको दक्षिण–पूर्वी सहर मरिपोलमा मानवीय सहायता र उद्धारका लागि आठवटा लोरी र ३० वटा बस बाटोमा रहेको युक्रेनी अधिकारीले जनाएका छन्।

युक्रेन संकटः रूसी सेनाद्वारा कीभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा

रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०ः०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ।

रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायोः युक्रेनी सेना

युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए।

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ।

युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायीयुद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्