२० आश्विन २०८१ आइतबार
image/svg+xml

लुम्बिनी प्रदेशः राष्ट्रियसभाको उपनिर्वाचनमा २९७ मत खस्यो, तीन मतदाता अनुपस्थित

दाङको घोराहीमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान सकिएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । प्रदेश र स्थानीय तहका गरी कुल ३ सय मतदाता मध्ये २९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यकालागि आज दाङमा भइरहेको मतदानमा उनले भाग लिएनन् ।

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान

निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको उनले बताए। मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरू दाङ आउने क्रम जारी रहेको कुँवरले जानकारी दिए। यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थियो।

लुम्बिनी प्रदेश : राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी पूरा

माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्दा राष्ट्रियसभा सदस्य पद गुमाएका खडकालाई एमालेले उम्मेदवार बनाएको हो। तर उनलाई एमालेकै माधव नेपाल समूहले मत नदिने बताइएको छ। लुम्बिनीमा पनि बाग्मतीमा जस्तै फ्लोर क्रस हुने दाबी विपक्षी गठबन्धनको छ।

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन(वाग्मती प्रदेश)मा डा खिमलाल देवकोटा विजयी भएका थिए।

चुनावबाट पछि हट्न धेरैजनाले फकाए-थर्काए: डा.देवकोटा

'व्यक्तिगत रुपमा मलाइलाई चुनावबाट पछि हुन धेरै जनाले फकाए थर्काए,' सामाजिक सञ्जालमार्फत् उनले भने, 'समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला। कसै कसैको त भ्वाइस रेकर्डनै राखेको छु।'

राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटा विजयी

राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत वाग्मती प्रदेशमा संयुक्त गठबन्धनका नेकपा एमालेनिकट डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

वागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

आज भएको मतदानमा डा. देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन्।

राष्ट्रियसभा उपनिर्वाचनमा ९७ प्रतिशत मतदान, नतिजा आजै

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको हेटौंडामा भएको उपनिर्वाचनमा करिव ९७ प्रतिशत मतदान भएको छ । प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा भएको मतदानमा मतदानमा ४ प्रतिशत जनप्रतिनिधिले मतदान गरेनन् ।

राष्ट्रियसभाको उपनिर्वाचनको मतदान सम्पन्न, आजै नतिजा आउने

मकवानपुरको हेटौडामा जारी राष्ट्रियसभाको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ। तोकिएका दिउँसो ३ बजेसम्मको अवधिमा ३४७ मतदाता मध्ये ३३८ ले मत खसालेको निर्वाचन कार्यालयले जनाएको छ।

लुम्बिनी प्रदेशमा राष्ट्रिसभा उपनिर्वाचन : ह्विप नतोडिए गठबन्धनको पल्लाभारी

राष्ट्रियसभा सदस्यको पदमा एमालेका चन्द्रबहादुर खड्का दोहोरिन खोज्दा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डेले उपल्लो सदनमा ‘अपग्रेड’ हुन खोजिरहेका छन् । खड्का आँफू कारबाही हुँदा रिक्त रहेको पदमा पुनः दोहोरिन खोज्दै छन् भने लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका पाण्डेले आँफूलाई राष्ट्रिसभा सदस्यमा पुर्याउन चुनावी लडाईँ लड्दै छन् ।

राष्ट्रियसभा निर्वाचन: ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ।

राष्ट्रियसभा सदस्यमा एमालेकै दुई उम्मेदवार

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा, एमालेकै डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका र देवकोटा एमालेकै माधव नेपाल पक्षका हुन् ।

संविधानको दिगो सम्वर्द्धन तथा आर्थिक समृद्धिका लागि आफ्नो उम्मेदवारीः गृहमन्त्री थापा

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संविधानको दिगो सम्वर्द्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन्।

राष्ट्रियसभा सदस्यमा गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता

नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा 'बादल'ले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्