१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनावबाट पछि हट्न धेरैजनाले फकाए-थर्काए: डा.देवकोटा

राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरैजनाले फकाउने थर्काउने काम गरेकाे बताएका छन्।

'व्यक्तिगत रुपमा मलाइलाई चुनावबाट पछि हुन धेरै जनाले फकाए थर्काए,' सामाजिक सञ्जालमार्फत् उनले भने, 'समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला। कसै कसैको त भ्वाइस रेकर्डनै राखेको छु।'  

उनले आफूलाई पछि हट्न फकाएपनि आफू अडिग रहेर विचलित नभएको बताए। उनले अगाडी लेखेका छन्, ' म बिचलित भएकाे भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो।'

प्रकाशित: ९ जेष्ठ २०७८ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App