टेलिकमको आइपी टिभी सेवा
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले एफटिटिएचमार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले एफटिटिएचमार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। टेलिकमको १७औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रूपान्तरण गरेर जानुपर्नेमा जोड दिए।
सात वर्षदेखि अलपत्र बनेको नेपाल टेलिकम धादिङको भवन निर्माण सम्पन्न भएको छ। सदरमुकाम धादिङबेसीको शान्तबजारमा भवन निर्माणका लागि चाँदनी/राम जे भी कन्ट्रक्सनले २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग सम्झौता गरेको थियो।
नेपाल टेलिकमले वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक विद्यालयका कर्मचारी, अभिभावक र विद्यालय सञ्चालक समितिका सदस्यले सहुलित दरमा प्रयोग गर्न सक्ने भएका छन्।
हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ। मोबाइलमा नेटवर्क देखाएतापनि पाँच/छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दा गर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ।
नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा चौथो पुस्ताको मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ। सेवा बिस्तारको क्रममा टेलिकमले शुक्रबार गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो।
नेपाल टेलिकमले चालु आर्थिक वर्षमा पूर्वाधार र गुणस्तर सुधारका लागि करिब २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।