५ वैशाख २०८१ बुधबार
अर्थ

टेलिकमको आइपी टिभी सेवा

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले एफटिटिएचमार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याएको छ। एनटी टिभी ब्रान्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायत स्थानमा वितरण सुरु गरिएको कम्पनीले जनाएको छ।

टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको बताएका छन्। टेलिकमले एफटिटिएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपछि ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने जनाएको हो।

हाल वितरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानल उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। यसका साथै नेपालमा उपलब्ध र हेरिने प्रायः सबै विदेशी टेलिभिजन च्यानल ग्राहकलाई उपलब्ध हुनेछ। हाल कम्पनीले बेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ। बेसिकमा एक सय दुई र प्रिमियममा एक सय ८५ वटा टेलिभिजन च्यानल हेर्न सकिन्छ।

प्रकाशित: ७ असार २०७८ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App