१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पिपीइ ड्रेस लगाएका चालकसहित झापामा छ एम्बुलेन्स तयारी अवस्थामा

लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्‍याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्।

एम्बुलेन्स दुर्घटनाका अर्का घाइतेको पनि मृत्यु

उदयपुरमा एम्बुलेन्स ठक्करबाट घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे भएको दुर्घटनामा घाइते तीनमध्ये दुईको उपचारका क्रममा मृत्यु भएको हो। भने एक जनाको उपचाररत छन्।

एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु, २ गम्भीर घाइते

सडकमा गफिदै बसिरहेका तीन जनालाई एम्बुलेन्सले ठक्कर दिँदा उदयपुरका एक वृद्धको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तरगत सदरमुकाम त्रियुगानगरपालिका ७ झिल्केचोकमा सडकछेउ बसेर गफ गर्दै गरेका बेला चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको स १ झ ४७७ नं. को एम्बुलेन्सले ठक्कर दिँदा घाइते ३ मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

वन्यजन्तु ओसारपसार एम्बुलेन्समा

मरेको चित्तल लैजाँदै गरेको अवस्थामा बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।

वन्यजन्तु ओसारपसार गर्ने एम्बुलेन्स नियन्त्रणमा

बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सभित्र मरेको चित्तल लैजादै गरेको अवस्थामा बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्सभित्र मरेको चित्तलसहित दार्चुला प्रहरीले आइतबार करिब १ बजे शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वर बजारमा डिलासैनी गाउँपालिकाको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।

एम्बुलेन्समा गाँजा तस्करी गर्ने तीन पक्राउ

एम्बुलेन्समा अवैध लागूऔषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले चालकसहित तीन जनालाई पक्राउ गरेको छ। चितवनबाट फर्किरहेको एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी टोलीले जाँच गर्दा तीन वटा झोलामा छ पोकामा लुकाई राखेको ३० किलो छ सय ग्राम गाँजा तथा ९१ हजार नेपाली रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

भारतीय गणतन्त्र दिवसमा नेपाललाई ३० वटा एम्बुलेन्स

७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ। नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो।

एम्बुलेन्सको आम्दानी अपारदर्शी

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालित एम्बुलेन्सको आम्दानी पारदर्शी नभएको पाइएको छ। खोटाङ सेवा समाज युकेले २०७३ चैत २६ गते हस्तान्तरण गरेको एम्बुलेन्स सञ्चालनका क्रममा उठेको शुल्कबापतको आम्दानीको हिसाब–किताब पारदर्शी नराखिएको खुलेको हो।

एम्बुलेन्स चालकको बदमासीले बिरामीलाई सास्ती

जिल्लामा सञ्चालित अधिकाशं एम्बुलेन्सहरु बिरामीमैत्री छैनन्। एम्बुलेन्समा अक्सिजन समेत नराँखिदा बिरामीले सास्ती खेप्नु परको हो।

एम्बुलेन्स नहुँदा ट्याक्टरमै सुत्केरी

गत वर्षको फागुन १० गते अतिथी सत्कारमा बिजयनगर गाउँपालिकाले नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा १८ लाख रुपैयाँ खर्च गरेको थियो। उक्त रकम गाउँपालिकामा एम्बुलेन्स किन्नका लागि पर्याप्त थियो।

'दमकलले पानी बोकिरह्यो, आगोले घर जलिरह्यो'

जुम्लाको चन्दननाथ नगरपालिका २ का विष्णु भण्डारीको घरमा आइतबार बिहान ११ बजे आगलागी भयो। आगो लागेको दस मिनेटमै नगरपालिकाको दमकल पुथ्यो। तर दमकल छिर्ने ठाउँ नै भएन्। दमकल रोकियो, घर जलिरह्यो। सुरक्षाकर्मीले खेतका आली र घरका पर्खाल फाडेर दमकल अटाउने बाटो बनाए।

एम्बुलेन्समा मोटरसाईकल ठोकिँदा तीन गम्भिर घाइते

आँबुखैरेनी गोरखा सडक खण्ड अन्र्तगत गोरखा नगरपालिका ११ पन्ध्रकिलोमा बिहिबार साँझ एम्बुलेन्समा मोटरसाईकल ठोकिँदा चार जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भिर रहेको छ।

ट्रकको ठक्करले विरामी बोकेको एम्बुलेन्स क्षतिग्रस्त

विरामी बोकेर उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको एक एम्बुलेन्स मंगलबार विहान ट्रकको ठक्करमा परी दुर्घट्नाग्रस्त भएको छ।

एम्बुलेन्स दुर्घटनाका घाइतेको अवस्था गम्भीर

एम्बुलेन्स दुर्घटना हुँदा घाइते बनेका खोटाङका एक युवाको अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको अवस्था चिन्ताजनक बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्