२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रकको ठक्करले विरामी बोकेको एम्बुलेन्स क्षतिग्रस्त

उदयपुर- विरामी बोकेर उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको एक एम्बुलेन्स मंगलबार विहान ट्रकको ठक्करमा परी दुर्घट्नाग्रस्त भएको छ।

जिल्लाको उदयपुरगढी गाउँपालिका ५ उदयपुरगढी स्वास्थ्यचौकीद्वारा सञ्चालित स १ झ ५२८ नं. को एम्बुलेन्सलाई सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरमा ट्रकले ठक्कर दिएको हो।

एम्बुलेन्समा सवार विरामी र चालकसहित ४ जना भने सकुशल रहेको उदयपुरगढी ४ का वडाध्यक्ष कुमार अधिकारीले बताए। उनका अनुसार सख्त विरामीलाई उपचारार्थ विराटनगर गईरहेको एम्बुलेन्सलाई तिब्र गतिमा आएको नं. नखुलेको ट्रकले ठक्कर दिदा एम्बुलेन्सको अघिल्लो भाग र इन्जिनमासमेत क्षति पुगेको छ।   
    एम्बुलेन्स बिग्रेपछि अर्को एम्बुलेन्स खोजेर विरामीलाई अस्पताल पठाइएको चालकलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बताए। ट्रक र ट्रक चालकलाई  प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ।

प्रकाशित: ५ कार्तिक २०७६ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App