११ माघ २०८२ आइतबार
image/svg+xml

प्रशान्त किशोरको नाम लिएर एमाले नेताले भने : काठमाडौंमा रास्वपाले एक सिट पनि जित्दैन

उनले अगाडि लेखेका छन्, ‘हामीलाई देश निर्माणको भिजन बोक्ने नेताहरू चाहिएको छ, युवाहरूलाई प्रहरीसँग मुठभेड गराएर ज्यान लिने र आफ्नै सार्वभौमसत्ता सम्पन्न देशमाथि पेट्रोल बम आक्रमण गर्ने गोबरल्वाँठहरू होइन।’

सिरहा-१ : कांग्रेसलाई मत जोगाउनै सकस, ‘बालेन फ्याक्टर’ ले प्रतिस्पर्धा रोचक

२०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट ११ हजार ८२४ मत ल्याएर नेपाली कांग्रेसका पद्मनारायण चौधरी निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेकपा(लोकतान्त्रिक) बाट चन्द्रशेखर लालले ११ हजार ३२० मत प्राप्त गरेका थिए।

क्रिकेटर मल्ल भन्छन्ः मैदान फेरिएको छ

उनी पछिल्लो समय राष्ट्रिय पुरुष क्रिकेट टोलीका सहायक प्रशिक्षक रूपमा आबद्ध थिए। उनले टोलीको सहायक प्रशिक्षकको भूमिका बाट बिदा लिएको समेत बताए।

ओलीको 'डिबेट' प्रस्तावमा बालेन्द्र साहको अस्विकार, भन्छन् : आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने?

‘हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यस घटनामा सामेल भएको बुझिनेछ।’ भन्दै ओलीसँग बहस वा साझा मञ्चमा उभिन अस्वीकार गरेका छन्।

कृषाको ‘पारस’मा जसिता गुरुङको दमदार इन्ट्री

निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्।

शेखरको तर्क : राजनीतिमा युवालाई ४० प्रतिशत प्रतिनिधित्व नदिए देश छोड्छन्

विराटनगरमा युवाहरुसँग अन्तक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलनअघि बाटै पार्टी भित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्धामा आफूले काम गरेको बताए। जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्यापेन फर क्लिन पोलिटिक्स’ को अभियानमा लागेको बताए।

सुनचाँदीको मूल्य फेरि बढ्यो

यसअघि शुक्रबार सुन तोलामा तीन लाख एक हजार ४०० र चाँदी छ हजार १९० मा कारोबार भएको थियो। यसरी आज सुन २४ सय रुपैयाँ बढेको छ भने चाँदी २९० रुपैयाँ बढेको हो।

जीप दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु, एक घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाका १३ वर्षीया कोइस्का घर्तीको मृत्यु भएको हो।

गीतकार ललिता ‘दोषी’ काे ‘आयो नयाँ पालुवा’ सार्वजनिक

बालबालिकाको मनोविज्ञान, कल्पनाशीलता र सकारात्मक सोच केन्द्रमा राखेर तयार गरिएको यो गीतले नयाँ सुरुवात, आशा र उत्साहको सन्देश बोकेको छ।

पुराना सिक्काबारे पुस्तक लोकार्पण

ऐतिहासिक सिक्काबारे ‘द इम्पोर्टेन्स अफ दाम इन दी क्वाइनेज अफ नेपाल’ नामक पुस्तक लोकार्पण गरिएको छ।

महाशक्ति साबुन उद्योगमा आगलागी

साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिए।

थाइल्याण्डमा रमाउँदै पूर्व मिस नेपाल उषा खड्गी (१० तस्बिरमा हेर्नुस्)

पूर्व मिस नेपाल उषा खड्गी हाल थाइल्याण्ड भ्रमणमा व्यस्त छिन्। उनले सामाजिक सञ्जालमा निरन्तर रमाइला पलहरू फ्यानका लागि साझा गरिरहेकी छिन्। उनी छोराछोरीसँगै पारिवारिक बिदा मनाइरहेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्