४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

पार्टीबाट को मन्त्री बन्छ टुंगो लागेको छैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीबाट को-को मन्त्री बन्ने भन्ने बारेमा टुंगो नलागेको स्पष्ट पारेका छन्।

पार्टीको अभिमुखीकरण कार्यक्रममा उनले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको भन्दै यसबारेमा जथाभावी बोल्दै नहिँड्न सबैसँग आग्रह गरे।

'अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन। हामीले तपाईंहरू सबैलाई चिनेका छौं। बलियो मन्त्रिपरिषद् बनाउँछौं,’ उनले भने ।

देशको संविधान, संसदको नियमावली र पार्टीको विधान मानेर अघि बढ्ने भएकाले त्यसै अनुसार अघि बढ्न पनि सभापति लामिछानेले सबैलाई निर्देशन दिए। 

व्यक्तिको चाहनाभन्दा पनि देशको आवश्यकता अनुसार काम गर्नुपर्ने उनको भनाइ छ। मुलुक र जनताप्रति बफादार भएर अघि बढ्न उनले सबैलाई अनुरोध गरे। 

यो देश अहिले पनि नबने कहिल्यै नबन्ने भन्दै उनले नेपालीले दिएको ठूलो मतको कदर गर्न पनि सबैलाई अनुरोध गरे। सानो बोलीले अप्ठ्यारो पार्ने भएकाले जथाभावी नबोल्न पनि सभापति लामिछानेले सबैलाई सुझाव दिए। 

रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ। 

कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने पुगेका छैनन्। 

प्रकाशित: ४ चैत्र २०८२ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App