२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

डोजर लगाएर बन्दा नष्ट गर्ने महतोलाई बुटवलमा सम्मान

प्राङगणमा विद्यार्थी लामबद्ध छन्। अगाडि पट्टी सानो मञ्च बनाइएको छ। त्यसको दायाँ छेउमा असरल्ल राखिएकोछ बन्दा। यो दृश्य हो, दीप बोर्डिङ्ग स्कूल बुटवलको। आफ्ना बच्चा लिन पुगेका अभिभावक पनि छक्क पर्दै भन्दै थिए —‘विद्यालयमा बन्दाको व्यापार भइरहेको छ की कसो ?’

यसरी पो हुन्छ कि मातृभूमिको सम्मान ?

विश्वभरका मानिसको सपना थलो– अमेरिका। डाक्टर, प्राध्यापक,इन्जिनियर, होटल सञ्चालक धेरै पद र ओहोदामा देखिए नेपालीहरू। दाजु–भाइमात्र हैन, दिदी–बहिनी पनि डा. हेड नर्स,वैज्ञानिक आदि पदमा आसीन देख्दा खुसी चुलिनु स्वाभाविकै थियो। यात्राका क्रममाभेटिएका उर्मिला निर्दोषी, कमला न्यौपाने, डा. सविना, मिना भट्टाई, सुस्मिता अधिकारी, प्रतिमा आचार्य आदिको अवस्था र स्थिति सराहनीय लाग्यो।

चुदालीलाई राष्ट्रिय एपिक व्यक्तित्व सम्मान

सामाजीक क्षेत्रमा काम गर्दै आएका युवा नेता दीपक चुदाली राष्ट्रिय एपिक व्यक्तित्व सम्मान–२०७५ बाट सम्मानित भएका छन्। शुक्रबार राजधानीमा आयोजित एक समारोहकाबीच पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहलले चुदालीलाई सम्मान गरेका हुन।

राष्ट्र निर्माताको सम्मानमा संकीर्णता

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइरहँदा खुइल्याउने र उजिल्याउने दुवै प्रवृत्ति देखा परे। राज्यले घोषितरूपमा पृथ्वीजयन्ती मनाउन कञ्जुस्याइँ गर्‍यो। पर्व बिदामा अडान राख्न नसकेको सरकारले राष्ट्र निर्माताका नाममा बिदा दिने र उत्सव मनाउने उदारता देखाउन सकेन। तर पृथ्वीजयन्तीका नाममा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश आयो।

परम्पराको निरन्तरता वा आवश्यकता ?

प्रधानसेनापति पूर्णचन्द्र थापालाई शनिबार भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेलगत्तै भारतीय राष्ट्रपतिको अफिसियल ट्वीटरमार्फत थापाले नेपाली सेनामा उनले दिएको योगदान र नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धमा पुर्‍याएको योगदानका लागि मानार्थ महारथीको सम्मान दिएको जनाइएको छ।

ज्येष्ठ नागरिकलाई सम्मान

नुवाकोटको ज्येष्ठ नागरिक सेवा समाजले ८० वर्ष नाघेका स्थानीय आठ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। जिल्लाको विदुर नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई समाजले सम्मान गरेको हो।

नागरिककर्मी भादगाउँले सम्मानित

नेपाल पर्यटन बोर्डले नागरिककर्मी अमृत भादगाउँलेलाई सम्मान गरेको छ। विगत २ दशकदेखि पर्यटन बिटमा कलम चलाउँदै आएका भादगाउँलेलाई सोमबार आफ्नो २० औं स्थापना दिवसको अवसरमा पर्यटन बोर्डले विशेष समारोहमा कदर पत्रसहित सम्मान गरेको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कदरपत्र प्रदान गरेका थिए।

महेश्वरलाई नगदसहित सम्मान

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जनलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले नगदसहित सम्मान गरेको छ।

महेश्वरलाई शुभताराको सम्मान

दशौं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले शनिबार नगदसहित सम्मान गरेको छ।

अन्तर्राष्ट्रिय विजेता खेलाडी सम्मानित

भारतमा सम्पन्न दक्षिण एसियाली क्योकुसिन बुदोकाई करातेमा पदक जित्ने सर्लाहीका तीन खेलाडीलाई शुक्रबार सम्मान गरिएको छ।

सरप्राइज गिफ्ट

तपाईँले कहिल्यै कल्पनै नगरेको व्यक्ति, वस्तु, सम्मान वा उपहार भेट्नुभयो भने तपार्इँको सुरुको प्रतिक्रिया कस्तो हुन्छ ? कि तपाईँ केहीबेर बोल्नै सक्नुहुन्न, कि रुनुहुन्छ कि  खुसीले उफ्रिनुहुन्छ। गत कात्तिक १७ गते शनिबार पोखराको एक कार्यक्रममा यस्तै दृश्य देखियो।

नागरिककर्मी खड्कालाई सेजन अवार्ड

नागरिक दैनिकका वरिष्ठ संवाददाता रुद्र खड्काले यस वर्षको सेजन अवार्ड प्राप्त गरेका छन्। आर्थिक पत्रकार समाज (सेजन) द्वारा हरेक वर्ष प्रदान गरिने उक्त अवार्ड यसवर्ष छापा सञ्चार माध्यमका लागि खड्कालाई प्रदान गरिएको हो।

डुबेको उद्योग फर्काएको भन्दै उदयपुर सिमेन्टका जिएम र अध्यक्ष सम्मानित

समय दिउँसोको ४ः३० हुँदै थियो, कार्यालय समय सकिदै गएकाले कर्मचारीहरू कार्यकक्षबाट बाहिँरिदै थिए, मजदुरहरु पनि ‘वर्क एरिया’ बाट हुलका हुन बाहिरिने क्रम चलिरहेको थियो। १५–२० मिनेटभित्र प्रशासनिक भवन अगाडिको फराकिलो आँगनमा कर्मचारी मजदुर बाक्लो जमघटमा परिणत भए। प्रशासनिक भवन प्रवेशद्वारअगाडि लहरै कुर्सीहरू राखिए, बीचमा एउटा टेबल पनि र टेबलमाथि कागजले छोपिएका केही सामान।

नागरिककर्मी गौतम सम्मानित

नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन्। म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले गरिब तथा विपन्नको उपचार, शिक्षा दिक्षाका साथै परोपकारी पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदान पु-याएको भन्दै गौतमलाई सोमबार म्याग्दीमा एक कार्यक्रम गरी सम्मान गरिएको हो।

तेक्वान्दो संघद्वारा उपाध्यक्ष तिम्सिना र सदस्य निरौला सम्मानित

नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्वर तिम्सिना र सदस्य इन्दिरा निरौलालाई शनिबार सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्