७ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वराष्ट्रपति अमेरिका प्रस्थान

पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्योपचारका लागि शनिबार अमेरिका प्रस्थान गरेका छन्। प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएपछि यादव थप उपचारका लागि त्यसतर्फ लागेका हुन्। चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षित रूपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको सुझावमा उपचारका लागि अमेरिका जान लागेको उनले जनाएका छन्।

पूर्वराष्ट्रपति डा. यादव उपचारका लागि अमेरिका जाँदै

पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्योपचारका लागि शनिबार संयुक्त राज्य अमेरिका जाँदै छन्। अघिल्लो महिना भारतमा उपचार गराउँदा उनको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो।

पूर्वराष्ट्रपतिको उपचार

पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नो उपचार अमेरिकामा गराउन सरकारसँग सहयोग मागेको विषयले यतिखेर एकैपटक थुपै्र प्रश्न सतहमा ल्याइदिएको छ। विगतमा उनी पदमै हुँदा सरकारी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराएको, आफ्नो सवारीका बखत अन्य सवारीसाधन रोकिँदा सर्वसाधारणलाई मर्का परेको विषयमा चासो प्रकट गरेको तथा तराई–मधेसमा समस्या उत्पन्न हुँदा राष्ट्रिय एकताका निम्ति खेलेको भूमिकाका कारण उनी सर्वप्रिय बनेका थिए।

पूर्वराष्ट्रपति उपचारमा ६० लाख

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको अमेरिकामा थप उपचारका लागि ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषदुले पूर्वराष्ट्रपति यादवको क्यान्सरको उपचारका लागि ६० लाख रुपैयाँ, दैनिक ३ सय डलर भ्रमणभत्ता र अमेरिका जानआउन बिजनेस क्लासको हवाई टिकटलगायत सुविधासमेत दिने निर्णय गरेको हो।

पूर्वराष्ट्रपतिलाई ६० लाख उपचार खर्च, दैनिक ३ सय डलर भत्ता, अमेरिका जान–आउन बिजनेस क्लास टिकट

पूर्वराष्ट्रपति डा.रामवरण यादबलाई अमेरिकामा थप उपचार गर्न सरकारले ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो बाहेक उनलाई अमेरिका आउन जान बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय सरकारले गरेको छ।

पूर्वराष्ट्रपति उपचारमा सरकारको दश लाख

पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन्। उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन्। यादवले उक्त अस्पतालमा  अध्ययन गरेका थिए।

पूर्वराष्ट्रपतिको गनगन

अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रपतिको पदावधि जनवरी २०१७ मा सकिएपश्चात् कस्तो काममा लाग्ने गहन छलफलमा जुटेका छन्? अन्य पूर्व राष्ट्रपति जस्तै ओबामा पनि एउटा फाउन्डेसन खोलेर काला जातिका समस्या समाधानमा विशेष भूमिका खेल्नेबारे चर्चा भइरहेको छ। कसैले त अमेरिकाको अनुसन्धान केन्द्र मानिने सिलिकन भ्यालीमा उनलाई काम गर्न पनि सल्लाह दिँदैछन्।

पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान

र्वराष्ट्रपति डा रामवरण यादवको आवासका लागि सरकारले उपलब्ध गराएको ललितपुरको भैंसेपाटीस्थित घरभाडा विवाद अन्त्य भएको छ ।

पूर्वराष्ट्रपति बसेको घर खाली गराउन मुद्दा

घरभाडाबापत मासिक १ लाख ३० हजार रुपैयाँ तिर्ने सहमति भए पनि हालसम्म रकम प्राप्त नभएको जनाउँदै बिष्टले पूर्वराष्ट्रपति यादव, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको अदालतका श्रेष्तेदार बाबुराम दाहालले जानकारी दिए।

पूर्वराजा-पूर्वराष्ट्रपतिविरुद्ध उजुरी

जनकपुर- माओवादी सहिद रामवृक्ष यादवका पुत्र शेखरको हत्या अभियोगमा तत्कालीन राजादेखि सरकार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूविरुद्ध किटानी जाहेरी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्