७ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वराष्ट्रपति यादवको सेवासुविधा थप

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपतिलाई थप दुईवटा सवारीसाधनलगायतको सुविधा बढाउने निर्णय गरेको हो ।

सबैलाई समेटेर चुनावमा जुट्न पूर्वराष्ट्रपतिको आग्रह

पूर्वराष्ट्रपति रामवरण यादवले मुलुकका सबै पक्ष र समुदायलाई समेटेर निर्वाचनमा जुट्न प्रमुख राजनीतिक दललाई आग्रह गरेका छन्। सागरशमशेर राणाद्वारा लिखित सिंहदरबार पुस्तकको शुक्रबार राजनीतिमा लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले तीनै तहको निर्वाचनले मात्र उपलब्धि संस्थागत गर्ने स्पष्ट पारेका हुन्।

अमेरिकी पूर्वराष्ट्रपति बुशको स्वास्थ्यमा सुधार

अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुशको स्वास्थ्यमा केही सुधार आएको छ । उनी अझै अस्पतालमा उपचाररत छन् ।

अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस निमोनिया भएपछि अस्पतालमा भर्ना भएका छन् ।

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पक्राउ

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुयन हेई भ्रष्टाचारको आरोपमा पक्राउ परेकी छिन् ।  उनलाई सरकारमा रहेको समयमा आफ्ना सहयोगीसँग मिलेर ठूलो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ । र सो विषयमा छानविन गर्नका लागि उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ नगरेसम्म सत्य तथ्य प्रमाण भेटिन नसकिने कारण देखाइ पक्राउ गरिएको हो ।

हाइटीका पूर्वराष्ट्रपति प्रेभलको निधन

हाइटीका पूर्वराष्ट्रपति रेने प्रेभलको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ। गरिबका अगुवाका रुपमा चिनिएका भएका प्रेभलले हाइटीको नेताका रुपमा दुई कार्यकाल सेवा गरेका थिए।

पूर्वराष्ट्रपति डा यादव केही दिन अस्पताल बस्ने

पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुुनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् ।

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना

पूर्वराष्ट्रपति रामवरण यादव पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। दुई सातादेखि दिसा लाग्ने र पेट दुख्ने भएपछि यादव बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज भर्ना भएका हुन्।

अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन्। ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन्।

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ। क्युवको सरकारी टेलिभिजनले क्युवाका पूर्व राष्ट्रपति क्यास्ट्रोको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ। क्युवामा कम्युनिष्ट क्रान्तिका पिता मानिने फिडेल क्यास्ट्रोको मृत्यु स्थानीय समय अनुसार शुक्रबार राति साँढे दश बजे भएको हो। उनको अन्तिम संस्कार शनिबार गरिने बीबीसीले जनाएको छ।

पूर्वराष्ट्रपतिसँग मुखर्जी

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दलीय सहमतिमा संविधान कार्यान्वयन हुनुपर्ने औंल्याएका छन्। नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका मुखर्जीले बिहीबार पूर्वराष्ट्रपति रामवरण यादवसँगको भेटमा शान्ति, स्थायित्व र सहभागितामूलक लोकतन्त्रको वातावरणमा मात्र आर्थिक विकास सम्भव हुने बताए।

पूर्वराष्ट्रपतिसँगकाे भेटमा मुखर्जीले भने– 'लाेकतन्त्रमा मात्रै अार्थिक विकास संभव'

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दलीय सहमतिमा संविधान कार्यान्वयनमा लागनु पर्ने बताएका छन् । नेपालको तीन दिने राजकीय भ्रमणका क्रममा बिहीबार पूर्व राष्ट्रपति रामवरण यादवसँगको भेटमा भारतीय राष्ट्रपति मुखर्जीले शान्ति, स्थायित्व र सहभागितामूलक लोकतन्त्रको वातावरणमा मात्रै आर्थिक विकास सम्भव हुने बताएका हुन ।

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन्। यादवकी छोरी अनिता यादवले भनिन्- गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।'

इजरायलका पूर्वराष्ट्रपति एवं नोवेल शान्ति पुरस्कार विजेता पेरेजको निधन

नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ। दुई साता अघिदेखि सिकिस्त विरामी हुनुभएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरी-ज्वाइँ रफी वालडेनले जानकारी दिए।

पूर्वराष्ट्रपतिको सफल शल्यक्रिया

पूर्वराष्ट्रपति रामवरण यादवको प्रोस्टेट क्यान्सरको शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। 'उपचार सफल भयो,' अमेरिकाको हेनरी फोर्ड अस्पतालस्थित भाटीकुटी युरोलोजी इन्स्टिच्युटको पाहुनाघरबाट नागरिकसँग फोनमा यादवले भने, 'नेपाली जनताको आशीर्वादले मेरो उपचार राम्रो भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्