११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

(दास)ढुंगाबाट बालुवा(टार)

‘धनले लोभिएको युवकको करकापमा परी साठी वर्षे बूढी लौरो टेकेर पोइल गए जस्तो भयो ।’ तत्कालीन नेकपा (माले) को पूर्व रूप कोअर्डिनेसन केन्द्र (कोके) सँग एकता गर्दा मदनकुमार भण्डारीले भनेको कुरा उनकै सम्झनामा लेखिएको स्मृतिग्रन्थमा प्रकाशित छ।

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गर्न बैठक बसेको एमालेले जनाएको छ।

बालुवाटारमा ओली र दाहालबीच २ घण्टा ‘वान टु वान’ वार्ता

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच शनिबार पनि वार्ता भएको छ।

बालुवाटारमा ओली र दाहालबीच 'वान अन वान' वार्ता, एकताबारे निर्णय लिने

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा 'वान अन वान' वार्ता सुरु भएको छ।

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

बालुवाटारको होली

बालुवाटार प्रांगणमा लगातार यही होली गुन्जिरहेको छ । र, गीतकै धुनमा नेता तथा कार्यकर्ता नाची पनि रहेका छन् । साथै एकले अर्कोलाई पानी छ्यापेर, रंग दलेर होली खेली पनि रहेका छन्।

प्रधानमन्त्री भेट्न भारतीय राजदूत बालुवाटारमा

भारतीय राजदूत मञ्जिभसिंह पुरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। पत्नीसहित सरकारी निवास बालुवाटार पुगेका राजदूत पुरीले प्रधानमन्त्री ओलीलाई होली पर्वको शुभकामना व्यक्त गरे।

सरकार– फोरमबीचकाे बैठक बालुवाटारमा बस्दै

सरकार र संघीयसमाजवादी फोरमबीचको बैठक आज विहान ९ बजे बस्ने भएको छ । सरकार विस्तार र संविधान संशोधनका विषयमा समहति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

मन्त्रीको नाम लिएर बालुवाटार पुगे दाहाल

माओवादी अध्यक्ष पुष्पकमल दाहाल मन्त्रीको नामसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।  दाहाल माओवादी केन्द्रबाट हुने मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाउन बालुवाटार पुगेका हुन् ।

बुके बोकेर बालुवाटारमा चीन र भारतका राजदूत

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ६८ औं जन्मदिन मनाए। प्रधानमन्त्री निवास बालुवाटारमा एमालेले पार्टीको स्थायी कमिटी बैठकको आयोजना गरेको थियो। त्यही बैठकमा उनले केक काटे। पार्टीका नेताहरुले उनलाई ‘ह्याप्पी वर्थ डे कमरेड’ भन्दै तालि बजाए।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सिलवाल

नेकपा एमालेका सांसद एवं पूर्व डीआईजी नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। आइजीपी नियुक्ति प्रकरणमा सरकारी कागजपत्र कीर्ते गरेको भन्दै सर्वाेच्च अदालतको आदेशमा अनुसन्धान सुरु भएपछि सम्पर्कविहिन बनेका सिलवाल प्रधानमन्त्री भेट्न सोमबार साँझ बालुवाटार पुगेको स्रोतले बतायो।

एमाले-माओवादीको बालुवाटार बैठकमा उपेन्द्र यादव सुटुक्क प्रवेश

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बाहिरिएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सुरु भएलगत्तै सुटुक्क बालुवाटार प्रवेश गरेका यादव साढे ९ बजेतिर बाहिरिएको स्रोतले बतायो।

संयोजन समितिको बैठक बालुवाटारमा, आजै एकता घोषणा हुनसक्ने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

आफैंले रोपेको बिरुवामा पानी हालेर बालुवाटार प्रवेश गरे ओली

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन्।

बालुवाटार सर्दै प्रधानमन्त्री ओली

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्री निवास बालुवाटार सर्ने भएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री बालुवाटार सर्ने कार्यक्रम रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्