८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री भेट्न भारतीय राजदूत बालुवाटारमा

काठमाडौं – भारतीय राजदूत मञ्जिभसिंह पुरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। पत्नीसहित सरकारी निवास बालुवाटार पुगेका राजदूत पुरीले प्रधानमन्त्री ओलीलाई होली पर्वको शुभकामना व्यक्त गरे। 

त्यस अवसरमा सांस्कृतिक समानतायुक्त शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्ध र पारस्परिक आत्मीयता प्रकट गर्दै फागुपूर्णिमाको शुभकामना आदानप्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ। 

होली पर्वलाई आपसी प्रेम, सद्भाव, मैत्री र घनिष्टता अभिवृद्धि गर्ने पर्वका रुपमा नेपाल र भारतभर मनाउने प्रचलन छ। 

प्रकाशित: १७ फाल्गुन २०७४ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App