८ वैशाख २०८१ शनिबार
राजनीति

बालुवाटारमा ओली र दाहालबीच २ घण्टा ‘वान टु वान’ वार्ता

काठमाडौं– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच शनिबार पनि वार्ता भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर छलफल भएको हो। 

पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनका अनुसार पार्टी एकताको विषय सकारात्मक रुपमा अगाडि बढेको छ। 

पार्टी एकीकरणका विषयलाई अन्तिम रुप दिन दुवै अध्यक्ष गम्भीरतापूर्वक लागेको बताइएको छ। 

प्रकाशित: ८ वैशाख २०७५ १६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App