मर्यादाविपरीत काम गर्ने शिक्षक सरुवा
पेसागत मर्यादाविपरीत काम गरेको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकको सरुवा गरेको छ।
पेसागत मर्यादाविपरीत काम गरेको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकको सरुवा गरेको छ।
पेशागत मर्यादा विपरित काम गरेको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकको सरुवा गरेको छ। पेशागत मर्यादा नाघेकामा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित दुधकोसी प्राविका शिक्षक तिर्थ भुजेललाई हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित जलेश्वरी प्राविमा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित लक्ष्मी आधारभुत विद्यालयका वलबहादुर बिकलाई हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित लक्ष्मी प्राविमा सरुवा गरेको हो।
नियमित पठनपाठन र शिक्षक निरन्तरताका लागि जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ। विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो।
अधिकांश सरकारी विद्यालयमा पढाउने शिक्षकहरु आफ्ना नानी–बाबुहरुलाई ‘गुणस्तरीय शिक्षाका लागि’ भन्दै निजी शिक्षण संस्थामा पठाउँछन्। आफैले पढाइराखेको शिक्षाप्रति उनीहरुको भरोसा हुँदैन्।
बर्दियाको गुराँस माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ। सो अवसरमा विद्यालयले उत्कृष्ट शिक्षकको रूपमा सोही विद्यालयका शिक्षक प्रकाश शर्मा अधिकारीलाई सम्मान गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रसूति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। बुधबार बसेको नगर कार्यपालिकाको बैठकले सुत्केरी भएका शिक्षिका र महिला कर्मचारीले ९८ दिनसम्म सट्टा शिक्षक तथा कर्मचारी राख्न पाउने व्यवस्थासहितको कार्यविधि स्वीकृत गरेको हो।
शनिबारको विदामा नुहाई धुवाई गरेर घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु भएको छ। मुगु जिल्ला खत्याड गाउँपालिका वडा नं ३ बुगास्थित कालिका माध्यमिक विद्यालयमा कार्यरत बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं ४ गणेशपुर स्थायी घर भएका २७ वर्षीय शिक्षक जय बहादुर शाहीको मृत्यु भएको प्रहरीले बताएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ को प्रतिस्पर्धा नजिकिँदै गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्।
नयाँ पाठ्यक्रम संरचना अनुसार कक्षा ११ र १२ दुवैमा जीवविज्ञान समूहका विद्यार्थीले अंग्रेजी, नेपाली र सामाजिक विषय अनिवार्य अध्ययन गर्नुपर्ने छ भने ऐच्छिक विषयमा जीवविज्ञान, भौतिकशास्त्र र रशासयनशास्त्र पढ्नुपर्छ। विद्यार्थीले चाहेमा गणित अध्ययन गर्न सक्छ तर त्यो ननक्रेडिट हुने केन्द्रले जनाएको छ।
मिकेल अर्टेटाको युवा टोली आर्सनलले एफए कपको पाँचौं चरणमा स्थान बनाउँदा सोमबार बर्नमाउथमाथि २–१ को जित निकाल्न सफल भएको छ।
वेस्ट ह्यामका पूर्वप्रशिक्षक स्लाभिन बिलिकले सम्हालेको क्लब वेस्ट ब्रोमले शनिबार राति एफए कपअन्तर्गत चौथो चरणको खेलमा वेस्ट ह्याममाथि १–० को रोमाञ्चक जित हात पार्दा टोटेह्यामले साउथ ह्याम्पटनसँग १–१ गोलको बराबरी खेलेको छ।
सामुदायिक विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न दुईदेखि तीन वर्ष अर्थात् शिशु, एलकेजी र युकेजी कक्षा चलाउनु आवश्यक छ। नीति एकातिर व्यावहारिक विषयवस्तु अर्कोतिर हुनुभएन।
लामो समय शिक्षण पेशामा विताएका अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएका छन्। उनका विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि आइतबारको संसद बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्विरोध सभामुख चयन भएको घोषणा गरे।
माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको छ।
रुपन्देहीमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक प्रहरी फन्दामा परेका छन्। सम्मरीमाई –६, पोखरहवास्थित ज्ञानदीप बोर्डिङ्ग स्कुल कक्षा ५मा अध्ययनरत मोहम्मद तौफिक देवानलाई कुटपिट गरेको भन्दै सम्मरीमाई गाउँपालिका-६ रुदलापुर बस्ने शिक्षक शैलेन्द्र बरईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।