६ आश्विन २०८१ आइतबार
image/svg+xml

१२ कक्षाका विद्यार्थीद्वारा आत्महत्या प्रयास

आइतवार बिहान सदरमुकाम गमगढीमा एक जना युवकले डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका छन्।

खोटाङमा फेरि युवतीको बलात्कार पछि हत्या

खोटाङमा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको बिभत्स हत्या भएको केही दिन नबित्दै पुःन अर्की युवतीको बिभत्स हत्या भएको छ। बिभत्स हत्या गरिएको अवस्थामा महतको शव भेटिएको पाँच दिन नबित्दै खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङ शंकास्पद अवस्थामा मृत फेला परेकी छन्।

यौन सम्पर्क प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या

यौन सम्पर्कको प्रस्तावलाई अस्वीकार गर्दा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या भएको छ।

अाफ्नै काकीद्वारा तीन वर्षीय भतिजको घाँटी थिचेर हत्या

सप्तरीको पातो– ७ मा आफ्नै तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ।

आफ्नै गार्डद्वारा गोली हानी कुटिनीतिज्ञको हत्या

अफ्गानिस्तानका एक कुटिनीतिज्ञको गोली हानी हत्या गरिएको छ। पाकिस्तानको दक्षिणी सहर कराँचीमा रहेको अफ्गानिस्तानको वाणिज्य दुतावासमा तृतीय तह सचिव पदमा कार्यरत मोहम्मद जाकी अब्दुको हत्या भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

हत्यामा संलग्न दुई सार्वजनिक

जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीय कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय विष्णु थापामगर छन्।

भूमाफियाले यसरी हत्याए बन क्षेत्रको जमिन, अन्तत बन कार्यालयद्वारा बदर

भूमाफियाले विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुलाई नै मिलाएर वन क्षेत्रको ठूलो क्षेत्रफलको जमिन हत्याएकोमा जिल्ला वन कार्यालय रौतहटले आइतवार बदर गरेको छ। करिब एक महिना लामो छानबिनपछि जिल्ला वन कार्यालय रौतहटले भूमाफियाले आफ्नो बनाउन सफल भइसकोको बन क्षेत्रको १ सय २२ बिगा जमिन बदर गरेको हो।

जेम्स र सेन्ट मेरिजका विद्यार्थीद्वारा अात्महत्या

प्रज्जवल शर्मा जेम्स स्कुल धापाखेलमा कक्षा १० का विद्यार्थी थिए। यसै वर्ष प्रवेशिका परीक्षा दिने तयारीमा रहेका उनको पढाइ राम्रै थियो। कुमारी क्लब, बल्खुमा बुवाआमासँग बस्दै आएका उनको शव बिहीबार दिउँसो झुन्डिएको अवस्थामा भेटियो।

वन रक्षकका हत्या अभियुक्तहरुलाई अदालतको थुनछेक आदेश

जिल्ला अदालत ताप्लेजुुङले महिना दिनअघि हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका ६ अभियुक्तबिरुद्ध थुनछेक आदेश जारी गरेको छ। आदेशसँगै सविनसहितका ६ जना बिहीवार कारागार चलान भएका छन्।

कृष्ण अधिकारी हत्या प्रकरण : मुद्दा फैसला अनिश्चित

मौखिक र लिखित बहस सकिएको लामो समय हुँदा पनि चितवन जिल्ला अदालतमा दर्ता भएको चर्चित गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दाको फैसला मिति अनिश्चित भएको छ। सो मुद्दाको फैसलाका लागि चार-चार पटक तोकिएका पेशी सरेको सर्‍यौ भएका छन्।

छोराले गरे ढुङ्गाले थिचेर बुबाआमाको हत्या

जुम्लामा एक युवकले आफ्नै बुबा र आमालाई ढुङ्गाले थिचेर हत्या गरेका छन्। जिल्लाको गोठिचौर गाविस–२ नापानीका ३० वर्षीय वीरबहादुर ऐडीले आफ्ना बुबा ४५ वर्षीय गोरबहादुर ऐडी र आमा वर्षीया जयरुपा ऐडीलाई घर नजिकैको बारीमा ढुङ्गाले थिचेर हत्या गरेका हुन्।

श्रीमती हत्या गर्ने श्रीमान पक्राउ

श्रीमती हत्याको अभियोगमा प्रहरीले मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। लिखु–४ पुरानो गाउँ बस्ने २८ वर्षीय उनलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्