११ भाद्र २०८३ बिहीबार
image/svg+xml

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि एक हजार ५०० बढी सशस्त्र प्रहरी परिचालन भएका छन्।

उद्योगी राजेन्द्र राउतद्वारा रसुवाका बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग

विराटनगरका उद्योगी राजेन्द्र राउतद्वारा रसुवाका बाढीपीतिडका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् ।

बाढीको प्रमुख कारण हिमताल फुट्नु : चिनियाँ दूतावास

बुधबार बिहान रसुवामा आएको भीषण बाढीको प्रमुख कारण हिमताल फुट्नु रहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।

गल्छी–बैरेनी सडक खुलाउने प्रयास जारी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि अवरुद्ध भएको धादिङस्थित गल्छी–बैरेनी सडक खुलाउने प्रयास भइरहेको छ।

आज सुन र चाँदीको मूल्यमा गिरावट

यसअघि बुधबार सुन प्रतितोला तीन लाख २२ हजार १०० रुपैयाँ र चाँदी चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट बढी प्रभावित क्षेत्रलाई केन्द्रित गरी खोज, उद्धार र राहत कार्यलाई तीव्र तुल्याइएको छ।

बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उडाउन निर्देशन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ।

भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ।

टिमुरेबाट ९५ जना नेपाली र २१ जना भारतीयको उद्धार

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले उद्धारको काम सुरु भइसकेको र बिहान ६ः३० बजेदेखि १५ भन्दा बढी उडान भएको बताएका छन्।

आज २५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, भोटेकोशी-त्रिशूलीमा उच्च सतर्कता

भोलि र पर्सि गण्डकी तथा लुम्बिनी प्रदेशका केही स-साना नदीमा बहाव अचानक बढ्न सक्ने भएकाले नदी तटीय र होचा भू-भागका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

रसुवा बाढीः पश्चिम नवलपरासीमा पाँच शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँच वटा शव पश्चिम नवलपरासीमा फेला परेको छ।

राष्ट्रिय सम्मेलनका प्रतिवेदन अन्तिम रूपमै सार्वजनिक

नेपाली कांग्रेसले गत श्रावण २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनबाट सुझावसहित पारित प्रतिवेदनहरूलाई अन्तिम रूप दिई सार्वजनिक गरेको छ।

बाढी प्रभावित क्षेत्रकोअवस्था बुझ्न प्रधानमन्त्री शाह स्थलगत निरीक्षणमा

प्रधानमन्त्री बालेन्द्र शाह बाढीबाट प्रभावित नुवाकोटको विदुर र आसपासका क्षेत्रको स्थलगत अवस्था बुझ्न बिहीबार बिहान नुवाकोटतर्फ प्रस्थान गरेका छन्।

भोटेकोशी बाढीः तनहुँमा बेपत्ताको खोजतलास जारी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तनहुँस्थित त्रिशूली नदीमा बगाएर ल्याएका नौ वटा शवको कानुनी प्रक्रिया पूरा गरी गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्