११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

बाढीको प्रमुख कारण हिमताल फुट्नु : चिनियाँ दूतावास

बुधबार बिहान रसुवामा आएको भीषण बाढीको प्रमुख कारण हिमताल फुट्नु रहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने केरुङ–रसुवागढी क्षेत्रमा भदौ १० गते बिहान आएको बाढी हिमताल फुटेपछि आएको दूतावासले जनाएको हो। 

दूतावासले बिहीबार सूचना जारी गर्दै हिमताल भत्किएपछि ठूलो मात्रामा पहिरो गएको र त्यसपछि बाढी आएको जानकारी दिएको छ। 

उक्त बाढीबाट उल्लेख्य मानवीय क्षति भएको दूतावासले जनाएको छ। बाढीमा परी चीनतर्फ पनि केही मानिस बेपत्ता भएको जानकारी दूतावासले दिएको छ। 

प्रकाशित: ११ भाद्र २०८३ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App