११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट बढी प्रभावित क्षेत्रलाई केन्द्रित गरी खोज, उद्धार र राहत कार्यलाई तीव्र तुल्याइएको छ।

नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार, हराइरहेका व्यक्तिको खोजी र विस्थापितलाई राहत दिन क्रियाशील रहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

सेनाले रसुवाको स्याफ्रूबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी १२० जनाको हवाई उद्धार गरेको छ। बाढी प्रभावित क्षेत्रमा दुई हजार ३५० सैनिक परिचालन भएका प्रवक्ता बस्नेतले जानकारी दिए। 

प्रकाशित: ११ भाद्र २०८३ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App