रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तनहुँस्थित त्रिशूली नदीमा बगाएर ल्याएका नौ वटा शवको कानुनी प्रक्रिया पूरा गरी गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ।
बाढीका कारण बेपत्ता व्यक्तिको खोजतलासलाई प्राथमिकता दिँदै आज पनि त्रिशूली नदी आसपासका क्षेत्रमा व्यापक खोजी तथा उद्धार कार्य सञ्चालन गरिने भएको छ।
खोजतलासका लागि प्रहरी निरीक्षक प्रदीप सुवेदी र प्रहरी निरीक्षक आशिष पोखरेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
शव देखापरेमा वा प्रहरी सेवा आवश्यक परेमा प्रनाउ घिमिरेको ९८५६०६२२५५ वा जिल्ला प्रहरी कार्यालय तनहुँको ९८५६०९०१७८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १०:२५ बिहीबार





