रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँच वटा शव पश्चिम नवलपरासीमा फेला परेको छ।
जिल्लाको सुस्ता गाउँपालिका–४ नारायणी नदीमा बढीले बगाएर ल्याएका ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाले बताए।
थापाले महिला बिहान ८ः०० बजेसम्म नारायणी नदीको बी.गैप बाँध ठोकर नं १४ मा तीन वटा, ठोकर नं ७ मा एक वटा र बीचमा एक वटा गरी कुल पाँच वटा शव फेला परेको जानकारी दिए।
प्रकाशित: ११ भाद्र २०८३ १०:३७ बिहीबार

