शहिद स्मारक ‘ए’ डिभिजन लिग : अार्मीद्वारा पुलिस पराजित
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा टेक बहादुर बुढाथोकीले गोल गरे।
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा टेक बहादुर बुढाथोकीले गोल गरे।
सेनेगलका स्ट्राइकर साडियो मानेले इङ्लिस क्लब लिभरपुलसँगको सम्झौता लम्ब्याएका छन्। सन् २०१६ मा अर्को इङ्लिस क्लब साउथह्याम्टनबाट ५ वर्षको अनुबन्धनमा लिभरपुल आएका मानेले लिभरपुलमै रहने निधो गरेका हुन्।
जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। अग्ला पुलबारे स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो।
शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले गोल रहित बराबरी खेलेका छन्।
नागरिक प्रहरीको भूमिका समेटिएको जनचेतनामूलक गीत ‘बिना बर्दीका पुलिस’ लोकार्पण भएको छ।
नेपालका विभिन्न सडक सञ्जालका पुल मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजनाका लागि नेपाल सरकार र विश्व बैंकबीच एक संझौतापत्रमा हस्ताक्षर भएको छ। संझौता अनुसार दुई छुट्टा छुट्टै कार्यक्रमका लागि आज अर्थमन्त्रालयमा कूल १८ अर्ब रुपैयाँको सम्झौता भएको हो।
काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ।
लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा कार्डीफ सिटीलाई ४–१ ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।
चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ।
भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले विहिबार मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘सी’ को खेलमा इङ्लिस क्लब लिभरपुलले घरेलु मैदानमा सर्बियन क्लब रेड स्टार बेलग्रेडलाई ४–० गोलअन्तरले पराजित गरेको छ।
आजभोलि निर्माण हुने भौतिक संरचनाहरु पाँच–दश वर्ष भित्रै विग्रिने, भत्किने गर्छन्। निर्माण कम्पनिको गैरजिम्मेवारिपन र कमसल सामग्रीको प्रयोगले भौतिक संरचनाहरु छिट्टै बिग्रिने गरेका हुन्।
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले हडल्सफिल्ड टाउनमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको छ। हडल्सफिल्डको मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहमद सलाहले निर्णायक गोल गरेका थिए।
हाल विकास निर्माणका काममा ठेकेदारले समयमै काम सम्पन्न नगरेको वा म्याद नाघिसक्दा समेत काम नै सुरु नगरेका लगायत समाचारहरु छरपष्ट आइरहेका छन् । मोबिलाइजेसन बापत पैसा लिएर काम नै सुरु नगर्ने वा तोकिएको समयभित्र काम सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने सरकारले घोषणासमेत गर्दै आइरहेको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले बिहीबार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।