२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

लिभरपुलको शानदार जित, सलाहले पुरा गरे क्लबका लागि ५० गोल

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘सी’ को खेलमा इङ्लिस क्लब लिभरपुलले घरेलु मैदानमा सर्बियन क्लब रेड स्टार बेलग्रेडलाई ४–० गोलअन्तरले पराजित गरेको छ।

लिभरपुल हाबी भएको खेलमा २० औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गदै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ४५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै अग्रता दोब्बर पारे। ५१ औं मिनेटमा सलाहले नै पेनाल्टीमा गोल गरे। योसँगै उनले क्लबका लागि ५० गोल पनि पूरा गरेका छन्।

सलाहले ६५ खेलमा ५० गोल पुरा गरेका हुन्। ८० औं मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुलले ४–० को प्रभावशाली जित हात पार्यो। जितपछि लिभरपुल आफ्नो समूहमा ३ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ। १ अंक जोडेको बेलग्रेड पुछारमा छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App