१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सर्वनाममा एकल नाटक महोत्सव

दर्जन देशका तीन दर्जन रंगकर्मी राजधानीमा भेला हुने भएका छन्। नाटक र कलामा सक्रिय सर्वनामले आगामी अप्रिल २ देखि ५ सम्म राजधानीमा आयोजना गर्न लागेको  ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’मा विभिन्न देशका कलाकारले आफ्नो नाट्य प्रस्तुति देखाउनेछन्।

गुल्मी महोत्सव आजदेखि

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल उद्देश्यका साथ सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको तयारी पुरा भएको छ ।कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको तयारी पूरा भएको हो।

‘इलाम हाम्रो गौरव’ नारासहित महोत्सव

इलाम सदरमुकाम अहिलेको स्थानमा आएर बसेको २ सय वर्ष पुगेको अवसरमा तामझामसहित महोत्सव आयोजना गरिने भएको छ। इलाम नगरपालिकाले ‘इलाम हाम्रो गौरव’ नारासहित आउँदो २०७५ सालभर विभिन्न कार्यक्रम आयोजना गरी महोत्सव मनाउने तयारी गरेको छ।

बुधबारबाट मानव अधिकार फिल्म महोत्सव

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण बुधबारबाट राजधानीमा सुरु हुने भएको छ।

पाँचौं नुवाकोट महोत्सव सुरु

‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ नारासहित पाँचौं नुवाकोट महोत्सव बुधबार सुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव २६ गतेसम्म चल्नेछ । कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा दुई सय ७५ स्टल राखिएका छन्।

व्यवसाय प्रवर्द्धन गर्न धादिङ महोत्सव

‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ नारा साथ बुधबार धादिङ महोत्सव सुरु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङको आयोजनामा सुरु भएको महोत्सवको पूर्वअर्थमन्त्री रामशरण महतले उदघाटन गरेका छन्।

धार्मिक पर्यटक बढाउन ‘श्री पशुपतिनाथ महोत्सव’

पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले यही फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’ हुने भएको छ।

पाँचथरमा यस्तो देखियो च्याब्रुङ महोत्सव (फोटो फिचर)

लिम्बु संस्कृतिमा आधारीत रहेको च्याब्रुङ नाचको प्रवद्र्धन, प्रचार प्रसार तथा विकासका लागि भन्दै पाँचथर सदरमुकाम फिदिममा अन्तराष्ट्रिय केलाङ (च्याबु्रङ नाच) महोत्सव सुरु भएको छ। मंगलबारबाट सुरु भएको महोत्सवको उद्घाटन प्रदे् नम्वर १ का प्रमुख गोविन्द्र सुब्बाले गरे।

शास्वत धाममा वसन्त महोत्सव सुरु

नवलपरासीको शास्वत धाममा ३५औं वसन्त महोत्सव सुरु भएको छ । धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै शास्वत धाममा वसन्त महोत्सव सुरु भएको हो।

यसरी सुरु भयो ताप्लेजुङमा पाथीभरा महोत्सव (फोटो फिचर)

माथि ध्वजापतका, तल गेट र सडकभरी महोत्सवको स्वागतका लागि राखिएका घडा । साथमा झकिझकाउ नगर क्षेत्र । संगै पाथीभराको महिमा झल्काउने स्तुतिको मधुर स्वर । मंगलवार बिहानै देखिएको यो दृश्य हो, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको।

कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्न पाथीभरा पर्यटन महोत्सव

पाथीभरा मन्दिर र कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्ने उद्देश्यले तीनदिने पाथीभरा पर्यटन महोत्सव हुने भएको छ । धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको कञ्चनजंघा क्षेत्रको प्रवद्र्धनका लागि फागुन एक देखि तीन गतेसम्म उक्त महोत्सव गर्न लागेको हो ।

प्रादेशिक महोत्सवमा दुई करोड बढीको कारोबार

नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव–२०७४ सोमबार समापन भएको छ। समापन समारोहमा बोल्ने बक्ताले संघियता कार्यान्वयनमा आएपछि देशमै पहिलो पटक नेपालगन्जमा आयोजित प्रादेशिक महोत्सव सफल भएको दाबी गरे।

बारुदमाथि महोत्सव

भारत स्वतन्त्र हुनुभन्दा अघि त्यहाँ पाँचसय पैंसठ्ठीवटा राज्य थिए । सुरुमा, ब्रिटिस साम्राज्यको सिकार भए उनीहरू । दरबारमै बसेर अत्यन्त महँगा आभूषण र बस्त्रले सिँगारिए पनि ती राजा–महाराजाको कुनै राजनीतिक अधिकार बाँकी रहेन । सन् १९४७ पछि हैदरावादका निजाम (राजा) विद्रोही भएर उभिए तर सन् १९४८ को सेप्टेम्बर १३ तारिखमा बलपूर्वक सो राज्यलाई पनि भारतमा गाभियो । संकटमा माटोको रक्षा गर्न नसक्दा पराधीन बन्नुपर्छ । यस्ता उदाहरण धेरै छन्।

फागुन ३ देखि प्रदेशस्तरीय पाल्पा महोत्सव

आगामी फागुन ३ देखि १३ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा पाल्पा महोत्सव–२०७४ हुने भएको छ। आयोजक पाल्पा उद्योग वाणिज्य संघले बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय महोत्सव सञ्चालन गर्न लागिएको जानकारी गराएको हो।

बर्दिवासमा प्रथम व्यापार महोत्सव हुने

महोत्तरीको बर्दिवासमा प्रथम बर्दिवास औद्योगिक, कृषि पर्यटन तथा पहिचान व्यापार महोत्सव २०७४ आयोजना हुन गईरहेको छ। बर्दिवासलाई ब्यापारिक क्षेत्र बनाउन र यहाँका व्यवसाय प्रवर्द्धनको लागि बर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा प्रथम बर्दिवास औद्योगिक, कृषि पर्यटन तथा पहिचान व्यापार महोत्सव २०७४ हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्