पानीको विषयमा विवाद हुँदा झडप
रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–३, स्यालाखदीमा खानेपानीको विषयमा झडप भएको छ । उक्त वडाका वडाध्यक्ष केशरमान विकसमेतको समूहले स्थानीय गोपाल बोहरालाई कुटपिट गरेका छन् ।
रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–३, स्यालाखदीमा खानेपानीको विषयमा झडप भएको छ । उक्त वडाका वडाध्यक्ष केशरमान विकसमेतको समूहले स्थानीय गोपाल बोहरालाई कुटपिट गरेका छन् ।
भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति आपत्ति जनाएको हो।
भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोप्रति नेकपा(मोआवादी केन्द्र)ले कडा रुपमा विरोध जनाएको छ। केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमिमाथि गरिएको अतिक्रमणको निन्दा गर्दै विरोध जनाएको हो।
भारतले नेपालको भूभाग लिपुलेक हुँदै चीनको सीमासम्म कैलाश मानसरोवर सडक निर्माण गरेको छ। उक्त सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरे।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबारको सचिवालय बैठकमा ‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन गर्नुपर्ने विषयमा विवाद भएको छ।
पार्टीमा नेपाल पक्षले उठाउँदै आएको ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था भए पूर्वमाओवादी खेमाका नेताले एउटा जिम्मेवारी छाड्नुपर्नेछ।
ओलीले गौतमलाई प्रतिनिधिसभामा ल्याउने र चुनावी सरकारको प्रधानमन्त्री बनाउनेगरी मनाएको स्रोतको दाबी छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद सहमतिमा समाधान गर्र्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तीव्रता दिएका छन्।
सांसदलाई आ–आफ्नो पक्षमा राख्न कसरत, ओलीका पाँच प्रस्ताव नेपालद्वारा अस्वीकार
आफू नेतृत्वको सरकार अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री ओलीले नेपाल समूहलाई आफ्नो पक्षमा पार्न निकटकालाई सक्रिय बनाए पनि यो प्रयासले मूर्तरुप लिन सकेको छैन।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार बस्ने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै गएपछि सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु बिच अनौपचारिक छलफल भएको थियो।
घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
इटहरीका मेयर द्वारिकलाल चौधरीले बिहीवार इटहरीको ऐरिना टेलिभिजनमा कार्यरत राजन कट्वाललाईं अपशब्द बोलेर गाली गरेका छन्।
निर्माणाधीन मूलपानी क्रिकेट मैदानको पर्खाल लगाउने काम हेर्दै ठूली तिमल्सिना टोलाइरहेकी थिइन्। उनी भन्दै थिइन्, ‘हामी बसेको आसपास केही स्थानमा मात्र पर्खाल लगाउन बाँकी छ।’
उपभोक्ता समितिको भुक्तानी हुन नसक्दा दुई महिनासम्म बस्न नसकेको प्रदेशसभाको बैठक सुरु भएपछि पुनः भुक्तानीकै विषयले प्रवेश पाएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा सत्ताधारी दलदेखि प्रतिपक्षी दलका सांसदसम्म भुक्तानीको विषयमा सरकारलाई घेरेका थिए।