४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यी हुन् हिरासत छल्न अस्पताल भर्ना हुने ‘भिआइपी’हरू

पक्राउ परेपछि यी व्यक्ति एकाएक बिरामी भए। र, अस्पताल भर्ना भए। थापालाई मुटुको समस्या र चौधरीलाई सुगर/प्रेसरको समस्या रहेको भन्दै उनीहरूलाई बसुन्धारास्थित चिरायु अस्पतालमा भर्ना गरिएको हो।

प्राविधिक नै नहुँदा जग्गा नापजाँचमा समस्या

नापी कार्यालयका प्रमुख जनकराज जोशीले कैलालीमा १७ प्राविधिकमध्ये जिल्लाका पाँच स्थानीय तह कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी र लम्की चुहानगरपालिकामा खटाएर जग्गा नापजाँचको काम भइरहेको जानकारी दिए।

दिलौरीमा बन्ने भो बहुप्राविधिक शिक्षालय

जुम्लाको सिंजा गाउँपालिका ६ अवस्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ।

लालपुर्जा नहुँदा वन्यजन्तु पीडितले क्षतिपूर्ति पाएनन्

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्‍याउँदा राहत पाउन सकेका छैनन्।

स्वर्गद्वारी आश्रम : कुत तिर्दैनन् मोही किसान

प्युठानस्थित स्वर्गद्वारी आश्रमका मोही किसानहरूले गुठी जग्गामा आफूहरूको एकल स्वामित्व कायम हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।

ललितानिवास प्रकरण : चार वर्षपछि बल्ल सुनुवाइ

धेरैजना मुछिएको ललितानिवासको सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ।

चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो

चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ।

घरजग्गा कर घटाउने एजेण्डा नराखिएपछि पोखरा नगरसभा स्थगित

पुस २९ गते महानगरको हिउँदे सभा बोलाइए पनि करको विषय सम्बोधन हुन नसक्दा नगर सभा स्थगित भएको हो।

आधारभूत अस्पताल निर्माण गर्न जग्गाकै खोजी

बागलुङका केही पालिकाले स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पताल सेवा प्रवाह गरिरहेका, केही पालिकामा निर्माणाधीन र कतिपय पालिकाले अस्पताल बनाउने टुंगोसमेत लगाउन सकेका छैनन्।

देवताको नाममा किसानलाई सास्ती

केही दिनपहिले प्रवीणसहित आएका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर विन्ती गरे–कृपया हाम्रो जग्गाको लालपुर्जा लिन पाउने कानुन ल्याइदिनुहोस्। अनि दाहालको उत्तर थियो–अहिले संसद् बन्द छ, खुल्नेबित्तिकै विधेयक अघि बढाउने छौँ।

भक्तपुर कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र

मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन्।

नेत्र ज्योति सघलाई दुई करोडको जग्गा निःशुल्क

म्याग्दीका एक दम्पतीले नेत्र ज्योति संघ, बेनीलाई दुई करोड ५० लाख रुपैयाँबराबरको जग्गा निःशुल्क प्रदान गरेका छन्।

पुर्जा नपाए पनि माटोको माया गर्छन् दोधारा चाँदनीका बडुवालवासी

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका- ३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवनयापन गर्न विवस छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्