२० आश्विन २०८१ आइतबार
image/svg+xml

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्। बर्खा याममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन्।

भोलिसम्म निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुने

गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भुक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको छ अर्ब भुक्तानी हुने भएको छ।

‘होटलका कोठा अपराधस्थल नबनून्’

वडा प्रहरी कार्यालय, बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले होटलका कोठा अपराधस्थल बन्न नदिन होटल व्यवसायीहरूलाई आग्रह गरेका छन्।

सिद्धबाबाको सुरुङ खन्ने काम वर्षायामपछि

योजना कार्यालयका अनुसार सुरुङमार्गको आवश्यक सर्भे जिओलोजिकल इन्भेस्टिगेसन कार्य, जिओटेक्निकल लगायतका काम हुँदै आइरहेको छ।

यो साता सुनको मूल्यमा गिरावट

नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ।साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो।आज प्रति दस ग्राम सुनको मूल्य रु ९३ हजार दुई सय ८० मा झरेको छ।

गोडा सुन्निए, माग सुनिएन

फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर ६ दिनदेखि उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः का दुवै खुट्टा नराम्ररी सुन्निएका छन्। लगातार १२३ घन्टासम्म उभिँदा पनि उनका माग सरोकारवाला निकायले सुनेको छैन।

मन्त्री ज्वालाद्वारा चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन्।

किसान नै पाउँदैनन् ऋण अनि कसरी बढ्छ उत्पादन?

सरकारले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गरेर उत्पादन बढाउने घोषणा गरे पनि किसानले मागअनुसार कृषि ऋण पाएका छैनन्। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यावसायिक रूपमै खेती गर्न चाहने करिब सवा ९ लाख किसानले कृषि ऋण नपाएको एक सरकारी अध्ययनले देखाएको छ।

यातायातका कर्मचारीलाई परिचयपत्र र पोसाक: सुरुवात गोँगबु बसपार्कबाट

पूर्व यातायात व्यवस्थापन प्रालिले आज काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा कार्यरत यातायात क्षेत्रका कर्मचारीलाई परिचयपत्र र पोसाक वितरण गरेको छ।

नापतौल डोरमा ११५ व्यवसायीले लिए सेवा

भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रम अन्तर्गत दोस्रो दिन शुक्रवार ११५ जना सेवाग्राही लाभान्वित भएका छन् । गुणस्तर तथा नापतौल कार्यालय, बालाजुबाट खटिएको कर्मचारीहरूको टोलीले भक्तपुर नगरपालिकाको टौमढीस्थित बुल्चापाटीमा कार्यालय राखेर बिहीबारदेखि डोर कार्यक्रम सुरु गरेको थियो।

ललितपुरमा पाँच दिने महिला उद्यमी मेला

साना तथा मझौला व्यवसायी महासंघ नेपालले आयोजना गरेको पाँच दिने महिला उद्यमी मेला ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा जारी छ।

हुलाकी सडकः निर्माण ढुलासुस्तीले म्याद थप अलमल

म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्