५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ललितपुरमा पाँच दिने महिला उद्यमी मेला

साना तथा मझौला व्यवसायी महासंघ नेपालले आयोजना गरेको पाँच दिने महिला उद्यमी मेला ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा जारी छ।

८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्त निर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरु छन्।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको महिला उद्यमी मेलालाई १० हजारले अवलोकन गर्ने र ५० लाख बढीको कारोबार हुने अपेक्षा महासंघले गरेको छ।

यहि भदौ २० गतेदेखि सुरु भएको मेला २४ सम्म चल्ने छ। एक घर एक व्यवसायप्रति प्रतिबद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रुपले एकताबद्ध गराउने उद्देश्य रहेको र महिलाहरुले उत्पादन गरेका सामग्री प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला गरेको आयोजकले जनाएको छ।  

प्रकाशित: २२ भाद्र २०८० ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App